प्रतिनिधिसभा बैठक LIVE

काठमाडौं । पुनर्स्थापित प्रतिनिधिसभाको बैठक शुरु भएको छ । गत ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् । तर सर्वोच्च अदालतको फैसलापछि संसद पुनर्स्थापना भएको थियो । watch/live/?v=1076611336476030&ref=external    

बाँकी अंश

हत्यारालाई कार्बाहीको माग गर्दै स्थानिय आन्दोलनमा

रामेछाप । मन्थली नगरपालिका–१२ का मृत अवस्थामा भेटिएका राजकुमार बुढाथोकीको आफन्तले हत्यारालाई कार्बाहीको माग गर्दै आन्दोलन गरेका छन् । मन्थली नगरपालिका–१२ निवासी ३६ वर्षिय राजकुमार बुढाथोकी असार १ गते बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा भोलीपल्ट २ गते सोही वडाको चनौटे भिरको फेदिमा मृत अवस्थामा बुढाथोकीको शब फेला परेको थियो । उनको झण्डै ३ […]

बाँकी अंश

प्रशासकिय अधिकृत र स्वास्थ्य शाखाको सेटिङ्ग नमिल्दा टेण्डर रद्द

रामेछाप । मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेल र स्वास्थ्य शाखाका कर्मचारीहरु विच सेटिङ्ग नमिल्दा स्वास्थ्य सामाग्री खरिदको लागि खोलिएको टेण्डर नै रद्द गरेका छन् । मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पौडेल र स्वास्थ्य शाखाका कर्मचारी विच रकम कोलमको बिषयमा कुरा नमिल्दा टेण्डर रद्द गरेका हुन् । श्रोतका अनुसार पालिकाले खोलेको टेण्डरमा २२ वटा […]

बाँकी अंश

तामाकोशी नदिकिनारमा खतराको संकेत

रामेछाप । पहिरोको कारण तामाकोशी नदि थुनिएको र एकै पटक थुनिएको पोखरी फुटेको खण्डमा तामाकोशीमा वाढी आउन सक्ने भन्दै नदि किनार आसपास नबस्न जिल्ला प्रशासन कार्यालय रामेछापले आग्रह गरेको छ । चिनको टिंग्री काउन्टीको रोंसिया शहर आसपासमा हिजो भएको भिषण वर्षापछी चिन सिमा क्षेत्रमा भिषण पहिरो गएर तामाकोशी नदि थुनिएको कारण रामेछापको सदरमुका आसपास र […]

बाँकी अंश

प्रगतिशील युवा समाजद्वारा स्वास्थ सामाग्री सहयोग

रामेछाप । प्रगतिशिल युवा समाज दोरम्बाले सुनापती गाउँपालिका–१ गुन्सी स्वास्थ्य चौकीलाई स्वस्थ्य सामाग्री शुक्रबार हस्तान्तरण गरेको छ । कोरोनाको दोश्रो भेरियन्ट आए सगैं गाउँ गाउँमा पनि महामारीको रुपमा फैलिएको भन्दै सो सामाग्री हस्ताण्तरण गरेको हो । दोरम्बाका विभिन्न स्थानमा आइसुलेसनहरु निर्माण गरि कोरोना नियन्त्रण र रोकथामका प्रयास भैरहेका छन् । यस्तै सुनापती गाउँपालिका वडा नं […]

बाँकी अंश

सिडियोले बुझे मान्यता नपाएको “हाइटप” एन्टेजिन किट

रामेछाप । जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रका अध्यक्ष एवं रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुले नेपाल सरकारले मान्यता नै नदिएको “हाइटप” एन्टेजिन किट जिम्मा लिएर रामेछापका गाउँगाउँमा पठाएका छन् । नेकपा एमालेका नेता एवं खानी निमार्ण सेवा प्रा.लि.का प्रोपाइटर रत्न गौतमले पठाएको एक हजार थान एन्टेजिन किट गत मगंलवार नेकपा एमाले रामेछापका जिल्ला अध्यक्ष […]

बाँकी अंश

ईन्जिनियर पोखरेलले पत्रकार संकट कोषलाई गरे सहयोग

जिल्ला आयोजना कार्यान्वय ईकाई (भवन) मा कार्यरत ईन्जिनियर  प्रतिक पोखरेलले पत्रकार महासंघ रामेछापले स्थापना गरेको पत्रकार संकट ब्यबस्थापन कोषमा १० हजार आर्थिक सहयोग गरेका छन् । ईन्जिनियर  पोखरेल बिगत ४ वर्ष देखि रामेछाप जिल्ला आयोजना कार्यान्वय ईकाई (भवन) मा कार्यरत छन् । बुटवल घर भएका पोखरेलले पत्रकारहरु सधैं फ्रन्टलाईनमा बसेर काम गर्ने र उनिहरूलाई संक्रमणको […]

बाँकी अंश

चीन बाट अनुदानमा दिएको सिलिन्डरमा आफ्नो फोटो टाँसे पछी वनमन्त्रीको आलोचना

काठमाडौँ । चीन सरकारबाट अनुदानमा दिएको अक्सिजन सिलिण्डरमा आफ्नो व्यक्तिगत सहयोगबाट भनेर तस्वीर सहित स्टिकर टाँसेर बाँडेपछि वनमन्त्री प्रेमबहादुर आलेको चर्को आलोचना भएको छ । अक्सिजन सिलिण्डर तथा स्वास्थ्य समग्रीका प्याकेटमा मन्त्री आलेले आफ्नो व्यक्तिगत सहयोगबाट भनेर तस्वीरसहित स्टिकर टाँसेर बाँडेपछि उनको चर्को आलोचना भएको हो । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले सामाजिक सञ्जालमा […]

बाँकी अंश

कोरोना र आगलागीको एकैसाथ पिडा

दोलखा । दोलखाको वैतेश्वर गाउँपालिका–४ का एक परिवारलाई कोरोना र आगलागीले एकैसाथ पिडा दिएको छ । आगलागीले घर जलेर ध्वस्त भएपछि कोरोना संक्रमित परिवारलाई बस्न र खान समस्या भएको छ । वैतेश्वर गाउँपालिका –४ काब्रेस्थित सिद्धाकोथान घर भएका गंगाबहादुर दाहालको घर गत जेठ ३ गत जलेर नष्ट भएको थियो । घर जलेर नष्ट भएको पिडा […]

बाँकी अंश

रामेछापमा जेष्ठ १९ गते सम्म निषेधाज्ञा

रामेछाप । जिल्ला प्रशासन कार्यलयमा जेष्ठ ९ गते बसेको जिल्ला स्तरीय कोभिड–१९ संकट व्यस्थापन केन्द्र रामेछापको बैठकले जेष्ठ १९ गते सम्म जिल्लामा निषेधाज्ञा जारी राख्ने निर्णय गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण नेपालमा तिव्ररुपमा बढिरहेको र जिल्लामा समेत कोभिड–१९ को संक्रमण बढ्दै गएकोले जनस्वास्थ्यमा गम्भिर असर पर्न सक्ने […]

बाँकी अंश