काँग्रेसभित्र एकता र संगठन बलियो बनाउन केन्द्रीय सदस्य मिजारको जोड

रामेछाप २१   – नेपाली काँग्रेसकी केन्द्रीय प्रतिनिधि सीता मिजारले पार्टीको संगठनलाई जनतासँग अझ नजिक, चलायमान र बलियो बनाउन सबै नेता तथा कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनु भयो।

नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापको पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टीभित्रको आन्तरिक एकता, अनुशासन, नियमित संगठन विस्तार र जनताका मुद्दाप्रति जवाफदेही बन्न सके मात्र नेपाली काँग्रेसप्रतिको जनविश्वास अझ सुदृढ हुने बताउनु भयो। वडा तहदेखि जिल्ला तहसम्म संगठनलाई प्रभावकारी बनाउँदै कार्यकर्तालाई सक्रिय परिचालन गर्नुपर्नेमा उहाँले जोड दिनु भयो।

पार्टीका कार्यबाहक सभापति नवराज थोकरको अध्यक्षतामा सम्पन्न बैठकमा उपसभापति लेखबहादुर कार्कीले पार्टीलाई संस्थागत रूपमा बलियो बनाउन सबै तहका नेता–कार्यकर्ताबीच समन्वय, अनुशासन र सक्रियता आवश्यक रहेको धारणा राख्नु भयो।

नेपाल तरुण दलका रमेश खड्काले युवाको ऊर्जालाई पार्टी निर्माण र जनपरिचालनमा प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने बताउनु भयो। नेपाल दलित संघका मुक्तबहादुर महतले सामाजिक समावेशिता, समान अवसर र दलित समुदायको अर्थपूर्ण सहभागिताले मात्रै संगठन थप मजबुत बन्ने धारणा व्यक्त गर्नु भयो।

नेपाल महिला संघकी केन्द्रीय सदस्य रामकुमारी डाँगीले पार्टीका सबै तहमा महिलाको नेतृत्व विकास र सक्रिय सहभागिता बढाउनुपर्ने आवश्यकता औँल्याउँदै संगठन निर्माणमा महिलाको भूमिका अझ प्रभावकारी बनाउनुपर्ने बताउनु भयो।

बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले पनि पार्टी सुदृढीकरण, संगठन विस्तार, जनसम्पर्क अभिवृद्धि र आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने विषयमा आ–आफ्ना धारणा राख्नु भएको थियो।

बैठकमा कार्यबाहक सभापति नवराज थोकरले प्राप्त सुझावलाई कार्ययोजनाका रूपमा कार्यान्वयन गर्दै जिल्लाभर पार्टी संगठनलाई थप सशक्त र गतिशील बनाइने बताउनु भयो। उहाँले पार्टीभित्रको एकता, अनुशासन र सक्रिय संगठन नै आगामी चुनौती सामना गर्ने मुख्य आधार भएको उल्लेख गर्दै सबै नेता तथा कार्यकर्तालाई साझा लक्ष्यका साथ अघि बढ्न आग्रह गर्नु भयो। कार्यक्रम पार्टि सचिव दिपक खड्रकाले संचालन गर्नु भएके  थियो। 

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...