रामेछापका पूर्वसभापति रामचन्द्र खड्काद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी

रामेछाप । नेपाली कांग्रेस रामेछापका पूर्वसभापति रामचन्द्र खड्काले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी सार्वजनिक गरेका छन् । खड्काले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारीको सोच सार्वजनिक गर्दै नेता, कार्यकर्ता तथा शुभेच्छुकसँग सल्लाह र सुझाव मागेका छन् ।

खड्काले आफू २०२८ सालदेखि नेपाल विद्यार्थी संघमा आबद्ध हुँदै विभिन्न लोकतान्त्रिक आन्दोलनमा सहभागी भएको उल्लेख गरेका छन् । लामो समयदेखि पार्टीको संगठन र लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएको भन्दै उनले बदलिँदो युगमा पार्टीभित्र परिपक्व उपस्थितिको आवश्यकता महसुस गरेर १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने सोच बनाएको बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “बि।सं। २०२८ सालदेखि ने।वि। संघमा संलग्न हुँदै विभिन्न लोकतान्त्रिक आन्दोलनमा सहभागी हुँदा देखि बि।सं। २०८३ सालको १५औँ महाधिवेशनसम्म आइपुग्दा मैले आफूलाई बदलिँदो युगमा परिपक्व उपस्थितिको आवश्यकता सम्झी १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यको लागि उम्मेदवारी दिने सोच बनाएको छु । तपाईंहरूको सल्लाह, सुझावको लागि हार्दिक अनुरोध गर्दछु । जय नेपाल ।”

रामचन्द्र खड्का नेपाली कांग्रेसको राजनीतिमा नेपाल विद्यार्थी संघबाट उदाएका नेता हुन् । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका खड्काले लामो समय नेपाल शिक्षक संघको जिल्ला अध्यक्षका रूपमा समेत जिम्मेवारी सम्हालेका थिए । संगठन निर्माण तथा पार्टीको आन्तरिक गतिविधिमा सक्रिय रहँदै आएका उनी नेपाली कांग्रेस रामेछापको ११औँ र १२औँ महाधिवेशनबाट जिल्ला सभापतिमा निर्वाचित भएर पार्टीको नेतृत्वसमेत गरिसकेका छन् ।

पार्टीको जिल्ला नेतृत्वमा रहँदा संगठन विस्तार, कार्यकर्ता परिचालन तथा जिल्लामा पार्टी गतिविधिलाई अघि बढाउन भूमिका निर्वाह गरेको कांग्रेस नेताहरू बताउँछन् । लामो राजनीतिक यात्रापछि खड्काले अब आफ्नो राजनीतिक भूमिकालाई केन्द्रीय तहमा विस्तार गर्ने तयारी अघि सारेका हुन् ।

नेपाली कांग्रेस रामेछापबाट १५औँ महाधिवेशनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिको मतपरिणाम सार्वजनिक भएको करिब १२ घण्टापछि खड्काले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने आफ्नो तयारी सार्वजनिक गरेका हुन् । रामेछापबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएपछि खड्काको उम्मेदवारीसम्बन्धी घोषणा आएको हो ।

रामेछापबाट यसपटक ३४ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन भएका छन् । विभिन्न समूह र समावेशी क्लस्टरबाट प्रतिनिधि चयन गर्ने क्रममा भएको निर्वाचन शान्त वातावरणमा सम्पन्न भएको नेपाली कांग्रेस रामेछापका कार्यवाहक सभापति नवराज थोकरले जानकारी दिएका छन् ।

खड्काले आफ्नो उम्मेदवारीबारे अन्तिम निर्णय गर्नुअघि पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा लोकतान्त्रिक आन्दोलनमा सहयात्रा गरेका व्यक्तिहरूसँग सुझाव र परामर्श मागेका छन् । उनको उम्मेदवारीले १५औँ महाधिवेशनमा रामेछापबाट केन्द्रीय नेतृत्वका लागि हुने सम्भावित प्रतिस्पर्धालाई थप चर्चामा ल्याएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछाप कांग्रेसबाट ३४ महाधिवेशन प्रतिनिधि चयन, शान्त वातावरणमा निर्वाचन सम्पन्न

रामेछाप कांग्रेसबाट ३४ महाधिवेशन प्रतिनिधि चयन, शान्त वातावरणमा निर्वाचन सम्पन्न

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछापबाट ३४ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन भएका छन् । शुक्रबार सम्पन्न मतगणनासँगै विभिन्न समूह र समावेशी क्लस्टरबाट महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया पूरा भएको हो । रामेछाप कांग्रेसबाट खुला, महिला, युवा,...

प्रदेश महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मतसहित टीकाराज आरण निर्वाचित

प्रदेश महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मतसहित टीकाराज आरण निर्वाचित

रामेछाप, १७ असोज । नेपाली कांग्रेस रामेछाप प्रदेश सभा ‘ख’ अन्तर्गतको १५औँ प्रदेश महाधिवेशन प्रतिनिधिमा टीकाराज आरण सर्वाधिक मतसहित निर्वाचित भएका छन् । प्रदेश महाधिवेशन प्रतिनिधिको खुलातर्फ भएको निर्वाचनमा २० जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । ८ जना प्रदेश...

महाधिवेशन प्रतिनिधिमा निर्वाचित न्यौपानेले मतदाता तथा शुभेच्छुकलाई दिए धन्यवाद

महाधिवेशन प्रतिनिधिमा निर्वाचित न्यौपानेले मतदाता तथा शुभेच्छुकलाई दिए धन्यवाद

रामेछाप । नेपाली कांग्रेस रामेछापका निवर्तमान सभापति लव श्री न्यौपानेले १५औँ महाधिवेशनमा आफूलाई विजयी गराउन सहयोग गर्ने क्षेत्रीय प्रतिनिधि, क्रियाशील सदस्य, पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेका छन् । महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि...