रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् ।
कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी सल्लाहकारमा जेसी विमल पौडेल,महासचिवमा जेसी यादव के सी, कोष अध्यक्षमा जेसी भरत श्रेष्ठ,सह सचिवमा जेसी राजन कुमार कार्की ,सह कोषाध्यक्ष विनोद रोका,उपाध्यक्षमा जेसी मनीषा काफ्ले,जेसी सरल घिमिरे, जेसी ईश्वर अधिकारी र जेसी अमन बुढाथोकी सर्वसम्मत निर्वाचित भएका छन् ।