विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक समूहबाट प्रतिस्पर्धामा उत्रिएका हुन् ।

रामेछापबाट उम्मेदवारी दिनेमा खसआर्यतर्फ रामचन्द्र खड्का, खुला महिलातर्फ विनिता खड्का, आदिवासी जनजातीतर्फ गेल्जे शेर्पा, अपांगतातर्फ कुशश्री न्यौपाने, दलिततर्फ मुक्तबहादुर महते, खुलातर्फ सुरेश सुवेदी, अल्पसंख्यकतर्फ कुमारी हायु, आदिवासी जनजाति महिलातर्फ ज्योती सुनुवार र पेशागततर्फ प्रकाश कटुवाल रहेका छन् ।

खसआर्यतर्फ उम्मेदवारी दिएका रामचन्द्र खड्का नेपाली कांग्रेस रामेछापका पूर्व जिल्ला सभापति हुन्। उनी पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा रामेछापबाट कांग्रेसका उम्मेदवारसमेत बनेका थिए । पार्टी संगठनमा लामो समयदेखि सक्रिय खड्काले यसपटक केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका हुन् । खड्का यसअघि पनि कांग्रेसको केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा गरिसकेका नेता हुन् ।

खुला महिलातर्फ उम्मेदवारी दिएकी विनिता खड्का कांग्रेसकी युवा नेतृ हुन् । विशेष महाधिवेशनपछि केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालेकी खड्का १५औँ महाधिवेशनका लागि रामेछापबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी थिइन् । जिल्लाबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरूमध्ये उनले उच्च मत प्राप्त गरेकी छन् ।

आदिवासी जनजातीतर्फ उम्मेदवारी दिएका गेल्जे शेर्पा आदिवासी जनजाति समुदायको अधिकार र संगठनका क्षेत्रमा लामो समयदेखि सक्रिय नेता हुन् । उनी नेपाल आदिवासी जनजाति महासंघको केन्द्रीय अध्यक्षसमेत भइसकेका छन् । कांग्रेसको केन्द्रीय सदस्य पदमा उनले जनजाति क्लस्टरबाट प्रतिस्पर्धा गर्न लागेका हुन् ।

अपांगता क्लस्टरबाट उम्मेदवारी दिएका कुशश्री न्यौपाने कांग्रेसका पुराना नेता हुन्। रामेछाप ठेगाना भएका न्यौपाने काठमाडौं क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिका रूपमा चयन भएका हुन्। उनले अपांगता कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्।

दलित क्लस्टरबाट उम्मेदवारी दिएका मुक्तबहादुर महते यसअघि दलित कोटाबाट महाधिवेशन प्रतिनिधिसमेत भइसकेका नेता हुन्। उनले नेपाल दलित संघको कार्यवाहक अध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।

खुलातर्फ उम्मेदवारी दिएका सुरेश सुवेदी नेपाली कांग्रेस रामेछाप जिल्ला कार्यसमितिका सदस्य भइसकेका युवा नेता हुन्। पार्टी संगठनमा सक्रिय रहँदै आएका सुवेदीले यसपटक खुला प्रतिस्पर्धाबाट केन्द्रीय सदस्य बन्न उम्मेदवारी दिएका छन्।

अल्पसंख्यक क्लस्टरबाट उम्मेदवारी दिएकी कुमारी हायु कांग्रेसकी महासमिति सदस्य हुन्। उनले अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएकी छन्।

आदिवासी जनजाति महिलातर्फ ज्योती सुनुवारले उम्मेदवारी दिएकी छन् । उनी पनि रामेछापबाट निर्वाचित महाधिवेशन प्रतिनिधिमध्ये उच्च मत प्राप्त गर्ने नेतृ हुन् । जिल्लाबाट निर्वाचित महाधिवेशन प्रतिनिधिको मतपरिणाममा उनी चौथो स्थानमा रहेको बताइएको छ।

त्यस्तै, पेशागत क्लस्टरतर्फ प्रकाश कटुवालले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । कलाकारिताबाट राजनीतिमा प्रवेश गरेका कटुवालले पेशागत समूहबाट पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् ।

यसरी रामेछापबाट कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने ९ जना नेताले पार्टीभित्रका विभिन्न समावेशी तथा खुला क्लस्टर रोजेका छन् । एउटै जिल्लाबाट यति ठूलो संख्यामा नेताहरूले फरक–फरक क्लस्टरबाट उम्मेदवारी दिएपछि रामेछापको प्रतिनिधित्व पनि महाधिवेशनमा चासोको विषय बनेको छ ।

उम्मेदवारी दिएका नेताहरूले आफूहरूले उम्मेदवारी कायम राख्दै देशका विभिन्न जिल्लाबाट काठमाडौं आएका महाधिवेशन प्रतिनिधिसँग मत मागिरहेका छन्। उनीहरूले आ–आफ्नो राजनीतिक पृष्ठभूमि, संगठनमा गरेको योगदान र सम्बन्धित क्लस्टरको प्रतिनिधित्वलाई आधार बनाएर समर्थन जुटाउने प्रयास गरिरहेका छन्।

१५औँ महाधिवेशनमा भने रामेछापबाट एकैपटक ९ जना नेताले फरक–फरक क्लस्टरबाट उम्मेदवारी दिएका छन्। उनीहरूको उम्मेदवारीसँगै जिल्लाबाट कांग्रेसको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि हुने प्रतिस्पर्धा थप व्यापक बनेको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...

कांग्रेस महाधिवेशनको बन्द सत्र शुरू, तीन छुट्टाछुट्टै हलमा छलफल

कांग्रेस महाधिवेशनको बन्द सत्र शुरू, तीन छुट्टाछुट्टै हलमा छलफल

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र शुरू भएको छ । गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनबाट गठित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको अन्तिम बैठकले बन्दसत्रमा पेश गर्ने एजेन्डा पारित गरेसँगै विभिन्न समूहमा रहेर छलफल शुरू भएको हो । तीन ओटा...