महाधिवेशन प्रतिनिधिमा निर्वाचित न्यौपानेले मतदाता तथा शुभेच्छुकलाई दिए धन्यवाद

रामेछाप । नेपाली कांग्रेस रामेछापका निवर्तमान सभापति लव श्री न्यौपानेले १५औँ महाधिवेशनमा आफूलाई विजयी गराउन सहयोग गर्ने क्षेत्रीय प्रतिनिधि, क्रियाशील सदस्य, पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेका छन् ।

महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि न्यौपानेले एक धन्यवाद तथा आभार सन्देश जारी गर्दै आफूलाई विश्वास गरेर मत प्रदान गर्ने सबैप्रति सम्मान व्यक्त गरेका हुन् । उनले आगामी दिनमा पनि सबैको साथ, सहयोग र सुझावलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।

न्यौपानेले महाधिवेशनमा आफूलाई विजयी गराउन अमूल्य मत, साथ र सहयोग प्रदान गर्ने सम्पूर्ण क्षेत्रीय प्रतिनिधि, क्रियाशील प्रतिनिधि, शुभेच्छुक तथा सहयोगीप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

उनले आफूलाई विश्वास गरी दिएको मतलाई पार्टीप्रतिको जिम्मेवारीका रूपमा लिएको उल्लेख गर्दै आगामी दिनमा पनि पार्टी संगठन र कार्यकर्तासँग निरन्तर जोडिएर काम गर्ने बताएका छन् ।

न्यौपानेले महाधिवेशनबाट विजयी भएका सम्पूर्ण साथीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । साथै, महाधिवेशनमा प्रतिस्पर्धा गरेर पराजित भएका उम्मेदवारहरूको मेहनत, योगदान र लोकतान्त्रिक प्रक्रियामा रहेको सक्रिय सहभागिताको समेत सम्मान गर्दै आगामी राजनीतिक यात्राका लागि शुभकामना व्यक्त गरेका छन् ।

उनले कांग्रेसको आन्तरिक लोकतन्त्रलाई थप सुदृढ बनाउन सबै नेता–कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । महाधिवेशन प्रतिनिधिका रूपमा आगामी दिनमा पार्टीको नीति, संगठन सुदृढीकरण र कार्यकर्ताको हितका विषयमा सक्रिय भूमिका निर्वाह गर्ने संकेतसमेत गरेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेस केन्द्रीय सदस्य बिनिता खड्का गृहजिल्ला रामेछापबाट सर्वाधिक मतसहित निर्वाचित

कांग्रेस केन्द्रीय सदस्य बिनिता खड्का गृहजिल्ला रामेछापबाट सर्वाधिक मतसहित निर्वाचित

रामेछाप । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य बिनिता खड्का आफ्नो गृहजिल्ला रामेछापबाट १५औँ महाधिवेशनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मतसहित निर्वाचित भएकी छन् । नेपाली कांग्रेस रामेछापको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा खड्काले ८ सय ११ मत प्राप्त...

रामेछाप कांग्रेसबाट ३४ महाधिवेशन प्रतिनिधि चयन, शान्त वातावरणमा निर्वाचन सम्पन्न

रामेछाप कांग्रेसबाट ३४ महाधिवेशन प्रतिनिधि चयन, शान्त वातावरणमा निर्वाचन सम्पन्न

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछापबाट ३४ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन भएका छन् । शुक्रबार सम्पन्न मतगणनासँगै विभिन्न समूह र समावेशी क्लस्टरबाट महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया पूरा भएको हो । रामेछाप कांग्रेसबाट खुला, महिला, युवा,...

प्रदेश महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मतसहित टीकाराज आरण निर्वाचित

प्रदेश महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मतसहित टीकाराज आरण निर्वाचित

रामेछाप, १७ असोज । नेपाली कांग्रेस रामेछाप प्रदेश सभा ‘ख’ अन्तर्गतको १५औँ प्रदेश महाधिवेशन प्रतिनिधिमा टीकाराज आरण सर्वाधिक मतसहित निर्वाचित भएका छन् । प्रदेश महाधिवेशन प्रतिनिधिको खुलातर्फ भएको निर्वाचनमा २० जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । ८ जना प्रदेश...