नेपालका विभिन्न स्थानमा बर्ड फ्लुको संक्रमण देखापरेपछि रामेछापको गोकुलगंगा गाउँपालिकाले स्थानीय नागरिक र व्यवसायीहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईद्वारा जारी सूचनामा कुखुरा वा अन्य पन्छीहरू अस्वाभाविक रूपमा बिरामी परे वा मरेमा तुरुन्त वडा कार्यालय वा पशु सेवा केन्द्रमा जानकारी गराउन भनिएको छ।
साथै, मरेका पन्छीलाई सिधै नछुन, खोर र उपकरणहरू नियमित रूपमा निसंक्रमण गर्न तथा राम्रोसँग पाकेको मासु र अण्डा मात्र सेवन गर्न गाउँपालिकाले विशेष अनुरोध गरेको छ।










