रामेछापमा एसईईको नतिजा सार्वजनिक : ८१.३२ प्रतिशत विद्यार्थी उत्तीर्ण

२९ बैशाख २०८३, मंगलवार

मन्थली ।रामेछापको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ, रामेछापले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका ८९ सामुदायिक र ३ संस्थागत गरी कूल ९२ विद्यालयका विद्यार्थीहरू परीक्षामा सहभागी भएका थिए ।

सार्वजनिक गरिएको तथ्याङ्क अनुसार परीक्षामा कूल २ हजार २ सय ८० विद्यार्थी सहभागी भएकोमा १ हजार ८ सय ५४ जनाले सफलता प्राप्त गरेका छन् भने ४ सय २६ जना विद्यार्थी नन-ग्रेडेड (एनजी) भएका छन् । जिल्लाको समग्र ग्रेडिङ प्रतिशत ८१.३२ रहेको छ । धारगत रूपमा हेर्दा साधारण धारतर्फ सहभागी २ हजार १ सय ३६ मध्ये ८०.०६ प्रतिशत अर्थात् १ हजार ७ सय १० जना उत्तीर्ण भएका छन् भने प्राविधिक धारतर्फ सहभागी १ सय ४४ जना नै उत्तीर्ण भई शतप्रतिशत नतिजा निकाल्न सफल भएका छन् ।

विद्यार्थीहरूको उपलब्धि स्तरलाई हेर्दा ३.६१ देखि ४.०० जीपीए ल्याउने विद्यार्थीको संख्या २ सय ८६ रहेको छ, जसमा ३६ जनाले ४.० जीपीए प्राप्त गरेका छन् । त्यस्तै, ३.२१ देखि ३.६० जीपीए ल्याउने ४ सय ११ जना, २.८१ देखि ३.२० जीपीए ल्याउने ६ सय २४ जना र २.४१ देखि २.८० जीपीए ल्याउने ४ सय ५७ जना रहेका छन् । २.१ देखि २.४० जीपीए ल्याउनेको संख्या ७६ रहेको छ । प्राप्त नतिजाको विवरणमा इकाइ प्रमुख नेत्र प्रसाद गजुरेलले हस्ताक्षर गरी प्रमाणीकरण गर्नुभएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मन्थलीमा टाटाको योद्धा गाडी दुर्घटना, एक जनाको मृत्यु

मन्थलीमा टाटाको योद्धा गाडी दुर्घटना, एक जनाको मृत्यु

मन्थलीमा टाटाको योद्धा गाडी दुर्घटना, एक जनाको मृत्यु रामेछाप २६ भाद्र । रामेछापको मन्थली नगरपालिका–१ मच्छेडाँडि नजिकै भित्री सडकमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रामेछापबाट मन्थलीतर्फ आउँदै गरेको बा.प्र.०१–०२६ च ४९१३ नम्बरको टाटाको योद्धा...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...