रामेछापको उमाकुण्ड गाउँपालिकाले चण्डी स्याँदर पर्वको अवसरमा आज बिहीबार पालिकाभर सार्वजनिक बिदा दिएको छ ।
गाउँ कार्यपालिकाको बुधबार बसेको बैठकले सुनुवार, किराँतलगायत अन्य समुदायले विशेष रूपमा मनाउने यस पर्वको सम्मानस्वरूप स्थानीय बिदा दिने निर्णय गरेको थियो ।
गाउँपालिकाले सूचना जारी गर्दै वैशाख १७ गते बिहीबारका दिन पालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायहरूमा बिदा रहने व्यहोरा जानकारी गराएको थियो ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत अभिजीत सुनुवारद्वारा हस्ताक्षरित सूचनामा उल्लेख भए अनुसार, पुर्खादेखि मनाइँदै आएको यो मौलिक सांस्कृतिक पर्वलाई भव्य रूपमा मनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले स्थानीय बिदा दिइएको हो।









