जिल्ला सहकारी संघ रामेछापको आयोजनामा नेतृत्व विकास तालिम शुभारम्भ

मन्थली, ५ बैशाख । जिल्ला सहकारी संघ रामेछापको आयोजनामा शनिबारदेखि सहकारी संस्थाका लागि ३ दिने नेतृत्व विकास तालिम सुरु भएको छ। बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहकार्यमा सञ्चालन गरिएको उक्त तालिम सहकारीकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो।

तालिमको उद्घाटन मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले गर्नुभयो। उद्घाटन सत्रलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले सहकारीकर्मीहरू विभिन्न अन्य सामाजिक तथा संस्थागत क्षेत्रसँग समेत जोडिएको उल्लेख गर्दै यस्ता प्रकारका नेतृत्व विकास तालिमले उनीहरूको कार्यक्षमता वृद्धि हुनुका साथै विभिन्न संस्थामा प्रभावकारी रूपमा काम गर्न सहज हुने बताउनुभयो। उहाँले सहकारी क्षेत्रलाई स्थानीय आर्थिक विकासको मेरुदण्डका रूपमा अघि बढाउन दक्ष नेतृत्व आवश्यक रहेकोमा जोड दिनुभयो।

जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुंगेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा जिल्लाका विभिन्न सहकारी संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा जिल्ला बचत संघका अध्यक्ष जे एन दाहाल, जिल्ला कृषि सहकारी संघका अध्यक्ष कुमार श्रेष्ठ, जिल्ला सहकारी संघका कोषाध्यक्ष छत्रवीर श्रेष्ठ तथा जिल्ला सदस्य बद्रि नयाँभरेले आ–आफ्ना धारणा राख्दै सहकारी क्षेत्रको सुदृढीकरणका लागि नेतृत्व विकास तालिम महत्वपूर्ण हुने बताएका थिए।

संघका सचिव योगेन्द्र श्रेष्ठका अनुसार तालिममा जिल्लाभरिका विभिन्न सहकारी संस्थाबाट ३० जना सहकारीकर्मीहरूको सहभागिता रहेको छ। सहभागीहरूलाई सहकारी व्यवस्थापन, नेतृत्व क्षमता विकास, वित्तीय अनुशासन, समूह परिचालन तथा संस्थागत सुशासनलगायतका विषयमा प्रशिक्षण दिइनेछ।

तीन दिनसम्म सञ्चालन हुने उक्त तालिमले सहकारी संस्थाहरूलाई अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। आयोजकका अनुसार तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न सके सहकारी संस्थाहरूको सेवा प्रवाहमा समेत उल्लेखनीय सुधार आउने विश्वास लिइएको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछापको सुनापतीमा आधुनिक उपकरण वितरण

रामेछापको सुनापतीमा आधुनिक उपकरण वितरण

रामेछाप– परम्परागत रूपमा सञ्चालन हुँदै आएको आरान व्यवसायलाई आधुनिक र प्रतिस्पर्धी बनाउन सुनापती गाउँपालिका–३ नम्बर वडा कार्यालयले स्थानीय व्यवसायीलाई प्रविधि भित्र्याएको छ । वडाभित्र लामो समयदेखि पुरानै शैलीमा फलामका औजार निर्माण गरिरहेका छ जना आरान व्यवसायीलाई लक्षित...

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

ललितपुर । ललितपुरस्थित डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान तीव्र बनाएको छ । सोमबार कलेजको चौथो तलाबाट हामफालेका १८ वर्षीय आर्यन सिंहको उपचारका क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर...

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...