नेपाल मगर संघ जिल्ला समन्वय समिति रामेछापको नवौँ जिल्ला अधिवेशनबाट अनन्त पुलामी मगरको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। शनिबार सदरमुकाम मन्थलीमा सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि सबै पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित गरेको हो।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा भिम ल्हाय मगर, उपाध्यक्षमा सन्तोष थापा मगर र महिला उपाध्यक्षमा अन्जना राना मगर चयन हुनुभएको छ। त्यसैगरी, संगठनको सचिवमा रामहरी जर्घा मगर चयन हुनुभएको छ भने सह–सचिवमा डम्बर बहादुर मगर र महिला सह–सचिवमा मनकुमारी मगर रहनुभएको छ। समितिको कोषाध्यक्षको जिम्मेवारी राम बहादुर मगरले पाउनुभएको छ भने सह–कोषाध्यक्षमा बर्ज बहादुर मगर रहनुभएको छ।
त्यस्तै कार्यसमिति सदस्यहरूमा इन्द्र बहादुर राना मगर, श्यामकाजी मगर, धर्म बहादुर मगर र सुन्दर कुमार पुलामी मगर चयन हुनुभएको छ। मन्थलीमा भव्य रूपमा सम्पन्न यस अधिवेशनले मगर समुदायको सामाजिक, सांस्कृतिक र संगठनात्मक सुदृढीकरणका लागि नयाँ नेतृत्वले विशेष भूमिका खेल्ने अपेक्षा गरिएको छ। नवनिर्वाचित कार्यसमितिले मगर जातिको हकहित र पहिचानका लागि आगामी दिनमा सक्रिय भएर लाग्ने प्रतिबद्धता समेत जनाएको छ।









