दोरम्बा शैलुङमा बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
रामेछाप — नेपाल बिमा प्राधिकरण को आयोजनामा बुधबार दोरम्बा शैलुङ गाउँपालिकामा बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तान ले गर्नुभएको थियो। उद्घाटन मन्तव्य राख्दै अध्यक्ष मोक्तानले बीमालाई नागरिकको आर्थिक सुरक्षाको महत्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै यसको पहुँच स्थानीय तहसम्म विस्तार गर्न आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष खमला थापा मगर पनि सहभागिता रहेके थिये । कार्यक्रम प्राधिकरणका उपनिर्देशक राजेन्द्र महर्जनको अध्यक्षता भएको थियो। कार्यक्रममा बेल्दै महर्जनले बीमाले व्यक्तिको जीवन तथा सम्पत्तिमा आउने जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने बताउनुभयो। उहाँले बीमाप्रति जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमहरू अझ प्रभावकारी हुने धारणा राख्नुभयो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले बीमाको महत्व, उपयोगिता तथा यसको विस्तारका विषयमा अन्तरक्रियामार्फत आफ्ना धारणा राखेका थिए।









