रामेछाप — कुलायन गुरु दीपक चेला परिवारको पहिलो साधारण सभा सनिवार मन्थलीमा सम्पन्न भएको छ। सभाले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा रामजी के.सी. खत्री, उपाध्यक्षमा कृष्ण बहादुर कार्की, सचिवमा पुस्कर फुयाल, सह–सचिवमा सुजन खत्री र कोषाध्यक्षमा राजकुमार के.सी. चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा निरन्जी खड्का, सुरज खड्का, ज्ञानबहादुर बस्नेत, लालबहादुर खड्का, पदम बहादुर बुढाथोकी, मान बहादुर खड्का, याम बहादुर थापा, बिष्णु प्रसाद बोहोरा, कृष्ण कुमार खड्का र कुमार प्रसाद चौलागाई निर्विरोध निर्वाचित भएका छन्।
साधारण सभामा लिखुतामाकाेसी गाउँ पालिकाका अध्यक्ष केशव महत, कुलायन गुरू दीपक खड्रका लगायतका बक्ताहरूले कार्य सफलताकाे लागि शुभकामना दिनु भएकाे थियाे ।









