जनप्रतिनिधिको पहलमा उर्माखुसम्म बस सेवा, स्थानीयलाई ठुलो राहत

रामेछाप । रामेछापको हिमाली क्षेत्रस्थित उमाकुण्ड गाउँपालिका–५ को प्रीतिमा पर्ने उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुगेपछि स्थानीयवासी उत्साहित बनेका छन्। जनप्रतिनिधिको पहल र समन्वयमा गाउँसम्म बस सेवा विस्तार भएपछि स्थानीयलाई आवतजावतमा ठूलो राहत पुगेको हो।

यसअघि उमाकुण्ड–५ को नासपातीघारीसम्म मात्र बस सेवा पुग्ने गरेको थियो। उर्माखुका बासिन्दालाई बस चढ्नका लागि करिब एक घण्टासम्म पैदल हिँड्नुपर्ने बाध्यता थियो। तर अहिले बाहुनडाँडा र जिदु हुँदै बस सेवा उर्माखुसम्म पुगेपछि गाउँका बासिन्दाले सहज रूपमा सवारी साधन प्रयोग गर्न पाएका छन्।

गाउँमै पहिलो पटक बस पुगेपछि स्थानीयवासीले तामाङ संस्कारअनुसार बसको पूजा गर्दै चालक, सहचालक र जनप्रतिनिधिहरूलाई भव्य स्वागत गरेका थिए। उर्माखुमा तामाङ समुदायको बाहुल्यता रहेको छ।

उमाकुण्ड गाउँपालिका–५ का वडा अध्यक्ष कुलबहादुर बस्नेतका अनुसार भौगोलिक जटिलताका बाबजुद धेरै प्रयासपछि गाउँसम्म बस सेवा सञ्चालन गर्न सफल भएको बताए। उनले अब उर्माखुवासीलाई बस चढ्न लामो दूरी पैदल हिँड्नुपर्ने बाध्यता अन्त्य भएको बताए।

उनका अनुसार वडा सदस्य सोमबहादुर तामाङ र नकुल तामाङको पहल, सहयोग र समन्वयमा उर्माखुसम्म बस सेवा विस्तार गर्न सम्भव भएको हो। अब उक्त रुटमा नियमित रूपमा बस सेवा सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

बस सेवा गाउँसम्म पुगेपछि स्थानीयले जनप्रतिनिधिलाई धन्यवाद दिँदै सडकलाई व्यवस्थित रूपमा स्तरोन्नति तथा कालोपत्रे गर्नुपर्ने माग समेत गरेका छन्। गाउँमै बस पुगेपछि बजारसम्म पुग्न, बिरामी ओसारपसार गर्न तथा दैनिक आवश्यक काममा सहजता हुने अपेक्षा स्थानीयले गरेका छन्।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मन्थलीमा टाटाको योद्धा गाडी दुर्घटना, एक जनाको मृत्यु

मन्थलीमा टाटाको योद्धा गाडी दुर्घटना, एक जनाको मृत्यु

मन्थलीमा टाटाको योद्धा गाडी दुर्घटना, एक जनाको मृत्यु रामेछाप २६ भाद्र । रामेछापको मन्थली नगरपालिका–१ मच्छेडाँडि नजिकै भित्री सडकमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रामेछापबाट मन्थलीतर्फ आउँदै गरेको बा.प्र.०१–०२६ च ४९१३ नम्बरको टाटाको योद्धा...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...