खस्कदै ढाका कपडाको ब्यवसाय

२९ फाल्गुन २०८२, शुक्रबार

  रामेछाप २६ फागुन  । एक ताका उत्पादन र विक्रि वितरण गर्न भ्याइ नभ्याई हुने गरेको रामेछापमा उत्पादित ढाका कपडाको ब्यापार अहिले आएर खस्केको छ । 

 बिक्रि कम हुन थालेपछि बिगतका दिनमा पर्याप्त ढाका कपडा उत्पादन गर्ने गरेका उद्यमीहरु अहिले ढाका कपडा   उत्पादन पनि कम गर्ने गरेको बताउछन् । ढाका कपडाले बजार नपाएपछि अहिले उत्पादन कम हुने गरेको उद्यमी मुना तामाङ्गले बताउनु भयो  ।

रामेछापमा चर्चित लाङ्घाली ढाका कपडा उद्योग बाट ढाकाको, दौरा सुरुवाल, कोट, टोपी, सारी, चोलो, पछ्यौरा, गलबन्दी, खादा,पर्स झोला, जस्ता सामानहरु निर्माण गरेर विक्रि वितरण गर्ने गरिन्छ । तर पछिल्लो समयमा आएर यस्ता कपडा हरुको विक्रि वितरणमा कमी आएकोले आफुहरुले पर्याप्त उत्पादन गर्न नसकेको   ढाका कपडा  उद्यमी शर्मिला मगर बताउनुहुन्छ ।  

अहिलेको पुस्ताले ढाका  कपडा मन नपराउने, मल्टिनेशनल कम्पनीहरुसँग घरेलु ढाका कपडा उद्योगले प्रतिस्पर्धा गर्न नसक्ने र अहिले घरेलु उत्पादन भन्दा वाहिरबाट आयात गरिएका ढाका कपडाहरु सस्तो हुने भएकाले पनि यहाको घरेलु ढाका कपडाको उत्पादन र विक्रि घटेको उद्यमीहरु बताउँछन् । गत ८–१०वर्षको तुलनामा यस बर्ष ढाका कपडा उत्पादन र विक्रिमा निक्कै कमी आएको लाडङघाली ढाका कपडा उद्योगका सञ्चालक शेर बहादुर मगर बताउनुहुन्छ । यस उद्योगका लागि पछिल्लो समयमा कुनै पनि सरकारी निकायको सहयोग नभएको उद्यमी हरुको गुनासो छ । 

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

अमेरिका र इरानबीच ऐतिहासिक शान्ति सम्झौता

अमेरिका र इरानबीच ऐतिहासिक शान्ति सम्झौता

फारसको खाडी क्षेत्रमा लामो समयदेखि जारी तनाव अन्त्य गर्ने उद्देश्यका साथ संयुक्त राज्य अमेरिका र इरानबीच एक महत्वपूर्ण शान्ति सम्झौता भएको छ। दुवै पक्षले लेबनानसहित सबै मोर्चामा सैन्य गतिविधि तत्काल र स्थायी रूपमा रोक्ने सहमति गरेका छन्। वार्ताको मध्यस्थता गरिरहेका...

बाल्टिमोरमा संगीतकार अविरलमाथि कुटपिट, शल्यक्रियापछि डिस्चार्ज

बाल्टिमोरमा संगीतकार अविरलमाथि कुटपिट, शल्यक्रियापछि डिस्चार्ज

नेपालका चर्चित गायक तथा संगीतकार आशिष अविरलमाथि अमेरिकाको बाल्टिमोरमा नेपाली समयअनुसार शनिबार राति (स्थानीय समय) निर्घात कुटपिट भएको छ। कामको सिलसिलामा उत्पन्न सामान्य विवाद उत्कर्षमा पुग्दा दुई स्थानीय व्यक्तिले उनीमाथि आक्रमण गरेका हुन्। आक्रमणबाट संगीतकार अविरलको...

मन्थली नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषित

मन्थली नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषित

पूर्ण खोप सुरक्षित भविष्यु भन्ने मूल नाराका साथ रामेछापको मन्थली नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषित भएको छ। सरकारको निर्देशिका बमोजिम १६ देखि ५९ महिनासम्मका सबै बालबालिकाहरूलाई १५ महिनाको उमेरभित्रै पाउनुपर्ने सम्पूर्ण खोप दिलाएर प्रक्रिया पूरा गरेपछि...