निर्वाचनमा आकस्मिक उपचारका लागि रामेछाप अस्पताल तयार; डा. आस्तिकको संयोजकत्वमा टास्क फोर्स गठन

आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई मध्यनजर गर्दै सम्भावित आकस्मिक घटना तथा घाइतेहरूको तत्काल उपचार व्यवस्थापनका लागि रामेछाप अस्पतालले विशेष तयारी सुरु गरेको छ। अस्पतालले ‘इलेक्सन मेडिकल टास्क फोर्स’ गठन गरी विशेष तयारी सुरु गरेको हो।

निर्वाचन अवधिभर अस्पताल र कार्यक्षेत्र (फिल्ड) मा समेत तत्काल प्रतिकार्य गर्न सक्ने गरी डा. मनिष कुमार आस्तिकको संयोजकत्वमा टास्क फोर्स गठन गरिएको छ। टोलीको वैकल्पिक संयोजकमा डा. परीक्षा दाहाल रहनुभएको छ भने सदस्यहरूमा स्टाफ नर्स बिन्दु रोका, सि.अ.हे.व. ईश्वरीप्रसाद पाठक र कार्यालय सहयोगी रोज बहादुर घिसिङ रहनुभएको छ।

त्यसैगरी, आकस्मिक अवस्थाका लागि वैकल्पिक सदस्यहरूमा स्टाफ नर्स समीक्षा थापा, लादिप्मा राई र इन्दिरा घिसिङलाई तयारी अवस्थामा राखिएको छ। निर्वाचनका क्रममा आइपर्न सक्ने कानुनी प्रक्रिया र स्वास्थ्य परीक्षणलाई मध्यनजर गर्दै मेडिको–लिगलतर्फ मेडिकल अधिकृत डा. मनिला बस्नेतलाई जिम्मेवारी तोकिएको अस्पताल प्रशासनले जनाएको छ।

निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सागर जर्मागरका अनुसार निर्वाचन अवधिमा अस्पतालको आकस्मिक सेवालाई थप सुदृढ बनाइएको छ। अस्पतालले आवश्यक स्वास्थ्य सामग्री, औषधि र दक्ष जनशक्तिलाई २४ सै घण्टा ‘स्ट्यान्डबाई’ राख्ने व्यवस्था मिलाएको छ। निर्वाचनका समयमा हुन सक्ने कुनै पनि अप्रिय घटना वा स्वास्थ्य समस्यालाई तत्काल सम्बोधन गरी नागरिकको जीवन रक्षा गर्नु यस टास्क फोर्सको मुख्य उद्देश्य रहेको अस्पतालले उल्लेख गरेको छ।

Screenshot

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मन्थलीमा अर्थशास्त्रसम्बन्धी शैक्षिक सामग्री प्रदर्शनी

मन्थलीमा अर्थशास्त्रसम्बन्धी शैक्षिक सामग्री प्रदर्शनी

रामेछाप  ।  रामेछापको मन्थली माध्यमिक विद्यालयले देशको विद्यमान आर्थिक अवस्थाबारे विद्यार्थीलाई जानकारी गराउँदै अर्थतन्त्र सुधारमा योगदान पुर्‍याउने उद्देश्यले अर्थशास्त्रसम्बन्धी शैक्षिक सामग्री प्रदर्शनी गरेको छ । विद्यालय परिसरमा आयोजित प्रदर्शनीको संघीय...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...