निर्वाचन आचारसंहिता खुला उल्लङ्घन भएको दाबी, रास्वपामाथि तत्काल कारबाही माग

रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आचारसंहिता खुला रूपमा उल्लङ्घन गरेको दाबी गर्दै नेपाली काँग्रेस र नेकपा एमालेले रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाको ध्यानाकर्षण गराएका छन्।

नेपाली काँग्रेसका सचिव बिनोद कार्की, जिल्ला कार्यसमिति सदस्य सिताराम कार्की र नेकपा एमालेका जिल्ला उपाध्यक्ष होतराज ढकाल प्रमुख जिल्ला अधिकारीको कार्यालयमा पुगेर ध्यानाकर्षण गराएका छन् । उनीहरूले रास्वपाको गतिविधि समेटिएको भिडियो सामग्रीलाई प्रमाणका रूपमा प्रस्तुत गर्दै आचारसंहिता विपरीत प्रचार–प्रसार गरिएको दाबी गरेका छन्।

काँग्रेस र एमालेका नेताहरूका अनुसार रास्वपाले सार्वजनिक स्थानमा निर्वाचन आचारसंहिताविपरीत राजनीतिक गतिविधि सञ्चालन गरेको, प्रचार शैली र भेला आयोजना गर्दा तोकिएका मापदण्डको पालना नगरेको देखिएको छ। यस्ता गतिविधिले निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको उनीहरूको भनाइ छ।

ध्यानाकर्षण पत्रमा हिजो खाँडादेवी गाउँपालिकामा पाइप वितरण गरिएको र आज मन्थली नगरपालिका–१२ गेलुमा घर–घरमा इन्टरनेट वितरण गर्दै नागरिकलाई प्रलोभनमा पार्ने प्रयास गरिएको आरोप लगाइएको छ। साथै घरदैलो अभियानका क्रममा चुनाव चिन्ह घण्टी बजाउँदै हिँड्नु तथा पार्टीको लोगो अंकित ब्याज लगाएर प्रचार गर्नु समेत निर्वाचन आचारसंहिताविपरीत रहेको दाबी गरिएको छ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले उजुरी प्राप्त भएको पुष्टि गर्दै प्रस्तुत भिडियो सामग्रीको अध्ययनपछि निर्वाचन आयोग तथा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताएका छन्।

यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट भने हालसम्म कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। प्रशासन र निर्वाचन आयोगको आगामी निर्णयलाई लिएर जिल्लाको राजनीतिक वृत्तमा चासो बढ्दै गएको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...