युवा शक्तिलाई एकजुट गर्दै कांग्रेसको चुनावी रणनीति, समिति गठन

रामेछाप, ८ फागुन । आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेस रामेछापले युवा शक्तिलाई केन्द्रमा राखेर चुनावी रणनीति अघि सारेको छ । पार्टीका उम्मेदवार रामचन्द्र खड्कालाई विजयी गराउने उद्देश्यसहित जिल्लामा विशेष युवा परिचालन समिति गठन गर्दै कांग्रेसले संगठन विस्तार र चुनावी अभियानलाई तीव्र बनाएको हो।

कांग्रेसका युवा नेता सञ्जय बुढाथोकीको संयोजकत्वमा गठन गरिएको समितिले जिल्लाका सबै वडालाई समेट्दै ८ सय १ सदस्यीय युवा परिचालन समिति निर्माण गरेको छ। समितिले वडास्तरमा सक्रिय र ऊर्जावान युवाहरूलाई समेटेर संगठनलाई थप सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ।

समिति गठनसँगै कांग्रेसले घरदैलो अभियान, मतदाता भेटघाट तथा प्रचार–प्रसारका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने तयारी गरेको छ। युवाहरूको सक्रिय सहभागितामार्फत पार्टीको नीति, कार्यक्रम र उम्मेदवारका एजेन्डा जनतासम्म पुर्‍याउने रणनीति बनाइएको संयोजक बुढाथोकीले जानकारी दिनुभयो।

उहाँका अनुसार आगामी दिनमा वडा हुँदै टोलस्तरसम्म विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ। यसले स्थानीय स्तरमै चुनावी माहोल निर्माण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ। युवा शक्तिलाई संगठित गर्दै कांग्रेसको पक्षमा जनमत निर्माण गर्ने काममा समिति सक्रिय रूपमा परिचालन हुने उहाँको भनाइ छ।

कांग्रेस रामेछापले युवालाई नेतृत्वदायी भूमिकामा अघि सार्दै चुनावी अभियानलाई थप सशक्त बनाउने रणनीति अपनाएको राजनीतिक विश्लेषकहरूको बुझाइ छ। युवाको जोश, संगठनात्मक क्षमता र प्रत्यक्ष जनसम्पर्कलाई आधार बनाएर कांग्रेसले यसपटक निर्वाचनमा निर्णायक परिणाम निकाल्ने अपेक्षा गरेको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...