युथ कांग्रेस नेपालको रामेछाप जिल्ला संयोजकमा विबेक घिमिरे चयन

रामेछाप । नेपाली काँग्रेसले युवा तथा विद्यार्थीहरूलाई लोकतान्त्रिक मूल्य, राष्ट्रियता र सामाजिक उत्तरदायित्वप्रति संगठित गर्ने उद्देश्यले गठन गरेको युथ कांग्रेस नेपालको रामेछाप जिल्ला संयोजकमा विबेक घिमिरे चयन भएका छन् ।

रामेछाप नगरपालिका–८ निवासी घिमिरेलाई युथ कांग्रेस नेपाल केन्द्रीय संगठन विभागको निर्णयअनुसार जिल्ला संयोजकको जिम्मेवारी प्रदान गरिएको हो । संगठनका सभापति यदबीर राईद्वारा हस्ताक्षरित आधिकारिक पत्रमार्फत घिमिरेको नियुक्ति सार्वजनिक गरिएको छ ।

विद्यार्थी राजनीतिबाट उदाएका युवा नेता घिमिरे लामो समयदेखि लोकतन्त्र, राष्ट्रियता र युवाको सक्रिय सहभागिताको पक्षमा क्रियाशील रहँदै आएका छन् । संगठनले उनको अनुभव, क्षमता र प्रतिबद्धताले जिल्लामा संगठन विस्तार, समन्वय र नेतृत्व प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

नव नियुक्त जिल्ला संयोजक घिमिरेले तत्काल जिल्लाभर संगठन विस्तारलाई प्राथमिकता दिने बताएका छन्। उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा नेपाली काँग्रेस रामेछापका उम्मेदवार रामचन्द्र खड्कालाई विजयी गराउन युथ कांग्रेस नेपाल सक्रिय रूपमा परिचालित हुने स्पष्ट पारे। सबैको साथ र सहयोगमा सक्रिय युवाहरूलाई समेट्दै संगठन विस्तारको अभियानलाई तीव्र बनाइने उनको भनाइ छ।

युथ कांग्रेस नेपालले लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शको संरक्षण तथा प्रवर्द्धन गर्दै लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउने, राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति प्रतिबद्ध रहँदै युवा सशक्तिकरण र सहभागितालाई प्राथमिकतामा राख्ने लक्ष्य लिएको छ। साथै सुशासन, पारदर्शिता र उत्तरदायित्वको प्रवर्द्धन गर्दै सुशासनको पहरेदारका रूपमा भूमिका निर्वाह गर्ने उद्देश्य संगठनले अघि सारेको छ।

प्रत्येक नागरिकका राजनीतिक, आर्थिक, सामाजिक, भाषिक, सांस्कृतिक तथा धार्मिक अधिकार तथा वैयक्तिक स्वतन्त्रताको प्रत्याभूति गराउन पहल गर्ने र प्राकृतिक विपद् तथा राष्ट्रिय संकटका बेला सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि संगठनले जनाएको छ।

नव नियुक्त जिल्ला संयोजक घिमिरेको कार्यकाल सफल, प्रभावकारी र उपलब्धिमूलक हुने विश्वास युथ कांग्रेस नेपालले व्यक्त गरेको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

काठमाडौं । नेपालका दुई नदीको संगम क्षेत्रमा ठूलो ताल बनेपछि त्यसको पानी बाहिरिएर बाढीको जोखिम बढेको छ । चीनको जलस्रोत मन्त्रालयले ताल फुट्ने जोखिम उच्च रहेको भन्दै आगामी तीन दिनलाई विशेष सतर्कताको अवधि मानेर निगरानी बढाएको जनाएको छ । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल...

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

रसुवा । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रबाट नेपाली सेनाले ४५ जना विदेशी नागरिकसहित ३३६ जनाको हवाई उद्धार गरेको छ । नेपाली सेनाका अनुसार बिहीबार बिहानदेखि १२ः३० बजेसम्म टिमुरे, धुन्चे र मैलुङ क्षेत्रबाट हेलिकप्टरमार्फत ३३६ जनाको सफल उद्धार गरिएको हो ।...

बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो, सुरक्षाकर्मी उद्धार र खोजीमा सक्रिय

बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो, सुरक्षाकर्मी उद्धार र खोजीमा सक्रिय

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या २७० पुगेको छ । बिहीबार दिउँसो १ः३० बजेसम्म विभिन्न जिल्लामा बाढीका कारण मृत्यु भएका २७० जनाको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा १०८,...