व्यवसायिक मर्यादित पत्रकारीतामा खडेरी परेको –नगर प्रमुख बस्नेतको भनाई

Written by meropradesh creator

२८ मंसिर २०७७, आईतवार

रामेछाप २८ मङ्सिर
नेपाल पत्रकार महासंघ रामेछापको शनिवार मन्थलीमा १८ औँ साधारणसभा सम्पन्न भएको छ । साधारण सभाले महासंघको आगामी कार्ययोजनाको समिक्षा गर्दै जिल्लामा मर्यादित पत्रकारीतामा खडेरी परेको भन्दै चिन्ता ब्यक्त गरेका छन् ।
नेपाल पत्रकार महासंघ रामेछापको शनिवार मन्थलीमा भएको १८ औँ साधारणसभा लाई सम्बोधन गर्दै मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले व्यवसायिक र मर्यादित पत्रकारीतामा खडेरी पर्दै गइरहेको बताउनु भएको छ । पछिल्लो समयमा कतिपय सञ्चार माध्यम र सञ्चारकर्मीहरु लोभ लालचमा फस्ने गरेको पाइएको हुँदा त्यस खालको ब्यवहारबाट ब्यवसायिक र मर्यादित पत्रकारीतामा खडेरी पर्दै जान लागेकोले त्यस तर्फ सचेत रहन आम सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो । पछिल्लो समय पत्रकारीता क्षेत्रमा पनि विकृति देखिन लागेकाले सुधारको आवश्यकता रहेको भन्दै त्यसले गर्दा पत्रकारीताको विश्वसनियतामा गिरावट आएको भन्दै यथार्थलाई सबैले स्वीकार गर्नुपर्ने कुरालाई उहाँले जोड दिनुभयो ।
साधारण सभामा बोल्दै नगर प्रमुख बस्नेतले आफ्नो कार्यकाल भित्र २० लाख बराबरको पत्रकारीता अक्षय कोष स्थापना गर्ने प्रतिवद्धता पनि जनाउनु भयो । अक्षय कोष स्थापना गर्न प्रत्येक वर्ष पाँच लाखका दरले हालसम्म १५ लाख रकम जम्मा भैसकेको तर कानुनी समस्याका कारण कोष खडा गर्न नसकिएकोले यस बर्ष जसरी पनि उक्त कोष खडा गरेरै छाड्ने बिश्वास ब्यक्त गनु भयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लक्ष्मण कार्कीले पछिल्लो समयमा अन्धाधुन्द रुपमा बढेका अमर्यादित र युटुवे पत्रकारहरुका काराण सिङ्खो पत्रकारीता जगत बदनाम भएको भन्दै त्यसको न्युनिकरणका लागि सरोकारवालाहरुको ध्यान जानु पर्ने बताउनुभयो ।
पत्रकारीताको सुधार बिना राज्य संयन्त्रमा परिवर्तन नदेखिने दावी गर्दै त्यसका लागि नेपाल पत्रकार महासंघ नियमित रुपमा लागिरहेको बताउनुभयो । उहाले भन्नुभयो– “बोक्ने र ठोक्ने खालका प्रवृत्तिका कारण आम संचारकर्मिहरुको वदनाम भैरहेकोले त्यसको मुक्तिकालागि पनि महासंघले पहल कदमी लिनुपर्ने कुरालाई जोड दिनुभयो ।
उहाले केन्द्रीय सरकार देखि वडा सरकार सम्मले प्रेस सल्लाहकार राख्ने परीपार्टिको विकास हुदै गएकाले यसरी राजनीतिक रुपमा गरिने नियुक्तिले स्थानीयस्तरमा हुने गरेको अनियमितता र भ्रष्टाचारहरुलाई रोक्न नसक्ने दावि पनि गर्नुभयो ।
पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष यदुनाथ गौतमले स्थानीय स्तरमा सञ्चालित सञ्चार माध्ययमहरुको संरक्षण स्थानीय सरकारले गर्नुपर्नेकुरालाई जोड दिनुभयो । उहाले स्थानीय सरकारका सूचना तथा विज्ञापनहरु पनि एकद्वार प्रणालीबाट वितरण हुनुपर्ने बताउनुभयो । मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका सदस्य बद्री नयाँघरे र रबिन्द्र गौतम, भक्तपुरका अध्यक्ष पुष्कर बुढाथोकी, रामेछापका पूर्व अध्यक्ष नवराज पथिक,हिमाल ढुंगेल,निवर्तमान अध्यक्ष टिका प्रसाद भट्ट ,प्रेस संठन रामेछापका अध्यक्ष युनिक विफा घिसिङ,नेपाल प्रेस युनियन रामेछापका अध्यक्ष अप्रिल अधिकारी लगायतले समग्र पत्रकारीताको अवस्थाका बारेमा चर्चा गर्दै यो क्षेत्रमा लागेर जिविकोपार्जन गर्न सक्ने आधार नभएकाले ब्यवसायिक पत्रकारीता गर्ने हरुको संख्या दिनानुदिन घट्दै जाने संभावना प्रति चिन्ता ब्यक्त गर्नुभयो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

राष्ट्रिय महिला भलिबल टोलीको कप्तानमा निरुता ठगुन्ना नियुक्त

राष्ट्रिय महिला भलिबल टोलीको कप्तानमा निरुता ठगुन्ना नियुक्त

नेपाल एपीएफ क्लबकी प्रभावशाली खेलाडी निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल टोलीको कप्तानमा नियुक्त हुनुभएको छ । राष्ट्रिय महिला भलिबल टोलीको नेतृत्व सम्हाल्ने उहाँ छैटौँ कप्तान बन्नुभएको हो । राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक जगदीश भट्टको सिफारिसमा नेपाल भलिबल...

सर्लाहीका ६ विपन्न विद्यार्थीलाई गगनकुमार थापाले निःशुल्क पढाउने

सर्लाहीका ६ विपन्न विद्यार्थीलाई गगनकुमार थापाले निःशुल्क पढाउने

काठमाडौँ, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाहीका छ जना स्कुले विद्यार्थीलाई निःशुल्क पढाउने व्यवस्था मिलाउनुभएको छ । सर्लाहीको बलरा नगरपालिका, गोडैता नगरपालिका र धनकौल गाउँपालिकाका आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई थापाले निःशुल्क अध्ययनको...

डहु माध्यमिक विद्यालयद्वारा एसइई उत्तीर्ण विद्यार्थी र शिक्षकलाई सम्मान गरिँदै, पूर्वमन्त्री कुलमान घिसिङ प्रमुख अतिथि

डहु माध्यमिक विद्यालयद्वारा एसइई उत्तीर्ण विद्यार्थी र शिक्षकलाई सम्मान गरिँदै, पूर्वमन्त्री कुलमान घिसिङ प्रमुख अतिथि

सुनापति गाउँपालिका वडा नम्बर ४ मा अवस्थित डहु माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (SEE) उत्तीर्ण विद्यार्थी र विद्यालयको शैक्षिक विकासमा योगदान पुर्‍याउने शिक्षकहरूलाई सम्मान गर्ने भएको छ । विद्यालयले आगामी जेठ ३ गते आइतबार एक विशेष...