विपि र जिपी प्रतिष्ठान द्वारा छुट्टा छुट्टै खिर खाने कार्यक्रम

Written by meropradesh creator

१६ श्रावण २०७८, शनिबार

रामेछाप । विपि कोइराला प्रतिष्ठान रामेछाप र जि पी फाउण्डेशन रामेछाप द्वारा छुट्टा छुट्टै खिर खाने कार्यक्रम आयोजना गरेर खिर दिवस मनाएको छ । जि पी फाउण्डेशन मन्थली नगर समितिले मन्थलीमा र विपी कोइराला प्रतिष्ठान खाँडादेवी गाँउपालिकाले काठमाण्डौमा खीर खिर दिवस मनाएका हुन् ।
मन्थली नगर समितिका संयोजक जनक खत्रीको अध्यक्षतामा सम्पन्न उक्तकार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एबं नेपाली काँग्रेसका नेता ध्रुवहरि ढुंगेलले विपीले किसानको मर्म लाई बुझेर मुठी रोपेर मुरी उब्जाउने बेला असार १५ लाई धान रोपाईको सुरुवाती सँगै दहि चिउरा खाने र १ महिना सम्मको धान रोपाइको हिलो मैलोलाई पखाली सर्दी भगाउन साउन १५ मा खीर खाने परम्पराको सुरुवात गरेको बताउनुभयो । त्यस्तै गरी नेपाली कांग्रेसको अधिबेशनको विषयलाई लिएर चिन्ता लीन नपर्ने बताए । नेपाली कांग्रेसमा ५० औं वर्ष देखी राजनिती गर्दै आएको अनुभवी नेता भएकोले पार्टीका अधिबेशनलाई लिएर चिन्ता गर्न नपर्ने बताए । जि पी फाउण्डेशन रामेछापले मन्थलीमा आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेसका सचिब लेख बहादुर कार्की, महाधिवेशन प्रतिनिधि निर्मला घिमिरे,उमाकुण्ड गाँउपालिकाकी उपाध्यक्ष उर्मिला कार्की वस्नेत,जीपी फाउन्डेशनका जिल्ला अध्यक्ष दिपक खड्का लगाएतले खिर दिवसको औचित्यतावारे आफ्नो धारणा राखेका थिए ।
त्यसैगरी नेपाली काँग्रेसका युवा नेता एबं संघिय सांसद गगन कुमार थापाको प्रमुख आतिथ्यतामा सन्पन्न उक्त कार्यक्रममा सांसद थापा, नेपाली काँग्रेस रामेछापका निवर्तमान पार्टि सभापति रामचन्द्र खड्का, वर्तमान पार्टि सभापति लव श्री न्यौपाने ,वी पी प्रतिष्ठानका जिल्ला अध्यक्ष रामकृष्ण खड्का लगाएतले खिर दिवसको औचित्यताबारे प्रष्ट पार्नु पारेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

मन्थली, रामेछाप। प्रेस चौतारी नेपाल रामेछापद्वारा स्थापित ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेललाई प्रदान गरिएको छ। प्रेस चौतारी नेपाल रामेछापले ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार मन्थलीमा आयोजित विशेष...

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

रामेछाप, ६ साउन। रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ पुलुमा कटहर टिप्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–३ घर भई हाल लिखुतामाकोशी गाउँपालिका–२ पुलुस्थित आफ्नी सानिआमा लिलामाया...

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछाप  । रामेछापको मन्थली नगरपालिका–१ मच्छेडाँडीस्थित मन्थली–रामेछाप सडकखण्डमा स्कुटरले जंगली मृगलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। आज बिहान  मच्छेडाँडीबाट मन्थलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०६७ प १६२३ नम्बरको स्कुटर अगाडि एक्कासि मृग आएपछि...