विपि र जिपी प्रतिष्ठान द्वारा छुट्टा छुट्टै खिर खाने कार्यक्रम

Written by meropradesh creator

१६ श्रावण २०७८, शनिबार

रामेछाप । विपि कोइराला प्रतिष्ठान रामेछाप र जि पी फाउण्डेशन रामेछाप द्वारा छुट्टा छुट्टै खिर खाने कार्यक्रम आयोजना गरेर खिर दिवस मनाएको छ । जि पी फाउण्डेशन मन्थली नगर समितिले मन्थलीमा र विपी कोइराला प्रतिष्ठान खाँडादेवी गाँउपालिकाले काठमाण्डौमा खीर खिर दिवस मनाएका हुन् ।
मन्थली नगर समितिका संयोजक जनक खत्रीको अध्यक्षतामा सम्पन्न उक्तकार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एबं नेपाली काँग्रेसका नेता ध्रुवहरि ढुंगेलले विपीले किसानको मर्म लाई बुझेर मुठी रोपेर मुरी उब्जाउने बेला असार १५ लाई धान रोपाईको सुरुवाती सँगै दहि चिउरा खाने र १ महिना सम्मको धान रोपाइको हिलो मैलोलाई पखाली सर्दी भगाउन साउन १५ मा खीर खाने परम्पराको सुरुवात गरेको बताउनुभयो । त्यस्तै गरी नेपाली कांग्रेसको अधिबेशनको विषयलाई लिएर चिन्ता लीन नपर्ने बताए । नेपाली कांग्रेसमा ५० औं वर्ष देखी राजनिती गर्दै आएको अनुभवी नेता भएकोले पार्टीका अधिबेशनलाई लिएर चिन्ता गर्न नपर्ने बताए । जि पी फाउण्डेशन रामेछापले मन्थलीमा आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेसका सचिब लेख बहादुर कार्की, महाधिवेशन प्रतिनिधि निर्मला घिमिरे,उमाकुण्ड गाँउपालिकाकी उपाध्यक्ष उर्मिला कार्की वस्नेत,जीपी फाउन्डेशनका जिल्ला अध्यक्ष दिपक खड्का लगाएतले खिर दिवसको औचित्यतावारे आफ्नो धारणा राखेका थिए ।
त्यसैगरी नेपाली काँग्रेसका युवा नेता एबं संघिय सांसद गगन कुमार थापाको प्रमुख आतिथ्यतामा सन्पन्न उक्त कार्यक्रममा सांसद थापा, नेपाली काँग्रेस रामेछापका निवर्तमान पार्टि सभापति रामचन्द्र खड्का, वर्तमान पार्टि सभापति लव श्री न्यौपाने ,वी पी प्रतिष्ठानका जिल्ला अध्यक्ष रामकृष्ण खड्का लगाएतले खिर दिवसको औचित्यताबारे प्रष्ट पार्नु पारेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...