अनोज भुजेल “उत्कृष्ट युवा समाजसेवी पुरस्कार–२०२६” बाट सम्मानित हुनुभएको छ। वर्ल्ड वाइड प्रोडक्सन मिडिया प्रा.लि. र हिमालयन कम्युनिटी प्रोजेक्टको संयुक्त आयोजनामा सम्पन्न नेपाल–थाइल्यान्ड फ्रेन्डसिप फेस्टिभल अन्तर्गतको ‘एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६’ मा उहाँलाई यो विधामा सम्मानित गरिएको हो।सामाजिक क्षेत्रमा पुर्याउनुभएको अतुलनीय योगदानको कदर गर्दै उहाँसहित विभिन्न क्षेत्रका करिब ४५ जना प्रतिभाहरूलाई सो समारोहमा सम्मान प्रदान गरियो।पुरस्कार ग्रहण गर्दै उहाँले यो सम्मानले सामाजिक उत्तरदायित्व पूरा गर्न थप ऊर्जा मिलेको बताउनुभयो। साथै, आगामी दिनहरूमा पनि समाजमा विद्यमान विकृति र विसंगतिविरुद्ध निरन्तर आवाज उठाउँदै सेवाभावमा समर्पित रहने अठोट व्यक्त गर्नुभयो। उहाँ लामो समयदेखि विभिन्न जनचेतनामूलक अभियान र सामाजिक गतिविधिहरूमा निरन्तर सक्रिय रहँदै आउनुभएको छ।











