उपमेयर खड्कले आफू चढ्ने गाडीलाई बनाइन एम्बुलेन्स

Written by meropradesh creator

२७ बैशाख २०७८, सोमबार

सन्तोष ढुङ्गेल

बैशाख , २७ रामेछाप
रामेछाप । रामेछाप नगरपालिकाकी उपमेयर सृर्जना खड्काले आफु चढ्दै आएको गाडीलाई एम्बुलेन्स बनाएकी छिन । केही दिन यता रामेछापमा कोरोना सक्रमित बढे सगै जोखिम पनि उत्तिकै बढीरहेको छ । रामेछाप ग्रामिण जिल्ला त्यसमा पनि सार्वजनिक यातायातका साधन बन्द भएपछी कोभिडका बिरामीले सस्ती बेहोरी रहेका थिए । बिरामीलाई सजिलो होस् भन्ने उदेश्यले रामेछाप नगरपालिकाकी उपप्रमुख सृजना खड्काले आफु चढ्ने गाडीलाई कोरोना संक्रमित बोक्ने एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिएकी छिन् । नगरपालिका भित्रै दिनप्रतिदिन कोरोना संक्रमितको संख्या थपिदै जाँदा संक्रमितलाई उपचारको लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव नहोस भनेर आफुले चढ्ने गाडीलाई एम्बुलेन्स बनाइएको उहाँले बताइन् । आफ्नो सुबिधा भन्दा पनि जनताको पिडा ठुलो भएको भन्दै गाडीलाई एम्बुलेन्स बनाएको बताइन । जनताले मत दिएर बिजय गराएका हुन त्यो मतलाई कहिले पनि चोट पुग्न नदिने पनि खड्काले बताइन । नगरपलिकामा ५ वटा एम्बुलेन्सले नभ्याए पछी उप – प्रमुख खड्का आफुले चढ्ने गाडी जनाताको सेवकओ लागि उपयोग गराएको बताइन ’नगरवासीहरुलाई उपचारका लागि अस्पताल पुग्न सहजहोस,यस्तो बेलामा हामी गाडी चढेर के गर्ने ? त्यसैले म चढने गाडीलाई एम्वुलेन्स बनायौं ’ उपप्रमुख खड्काले बताइन् । उहाँले चढ्ने बा २ झ ४४६३ नम्बरको गाडी नगरपालिकाका नागरीकहरुको उपचारका लागि प्रयोग हुनेछ । गाडीमा सिट र आवश्यकता अनुसार अक्सिजन सिलिण्डर व्यवस्थापन गरिने छ । रामेछाप नगरपालिकाका प्रमुख नर ब. थापा मगरले आवश्यक परे आफुले चढ्ने गाडीलाई पनि एम्बुलेन्स बनाईने बताए । नगरपालिकाले दुई वटा एम्बुलेन्स किन्ने तयारी भईरहेका बेला कोविड माहामारी आएर सो काम रोकिएको र जसका कारण आफु र उपप्रमुखले चढ्ने गाडी एम्बुलेन्स बनाउने निर्णय भए अनुसार दुई वटा गाडीलाई एम्बुलेन्स बनाईने नगर प्रमुख थापा मगरले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

हेटौंडा,- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिको बैठकले...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...