टिफर चालकको पैसा चोर्ने दुई बालक पक्राउ

Written by meropradesh creator

९ भाद्र २०७८, बुधबार

रामेछाप । गुड्दै गरेको ग १ क ४३७९ नम्वरको टिफर अकस्मात बिग्रीएर गोकुलगंगा गाउँपालिका वडा नं २ ठोसेको देउराली डाँडामा राखेर चालक खाना गएको मौका छोपी गाडीभित्र रहेको झोलावाट ५६ हजार रुपैयाँ चोरेर भाग्दै गरेका दुई बालकलाई प्रहरीले पक्राउ गरेको छ ।

अर्घाखाची जिल्ला शितलगंगा गाउँपालिका वडा नं ९ घर भएका गाडी चालक कुलवहादुर सारुले चलाई ल्याएको टिफर बिच सडकमा विग्रीएपछि ढोका लक गरेर चालक नजिकैको देउराली वजारमा खाना खान गएका थिए । चालक नभएको मौका छोपी स्थानिय १५ र १७ वर्षका दुई बालकले टिफरको ढोका फोडी गाडीभित्र छिरेर चालकको ब्यागमा रहेको ५६ हजार नगद र आवश्यक कागजात चोरी गरि गोकुलगंगाकै शिवालय तर्फ आउँदै गरेका बालकलाई प्रहरीले शिवालयवाट पक्राउ गरेको हो ।

झोला र रकम चोरी गरी को २ त २६७२ नम्वरको ट्याक्टरमा चढेर दुई बालक ठोसेको शिवालयतर्फ आउने क्रममा शिवालयमा प्रहरीले चेकजाँच गर्नेक्रममा फेला पारेको थियो । प्रहरीले वालकको साथवाट ११ हजार नगद र कुलवहादुर सारुको परिचयपत्र भएको झोला फेला पारेको थियो । पक्राउ परेका दुई युवकको नाममा चालकले दिएको किटानी जाहेरीको आधारमा उनीहरुलाई चोरी मुद्धामा मुद्धा दर्ता गरि रामेछाप जिल्ला अदालतवाट ५ दिनको म्याद थप गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।

राती घर चोर्ने युवक कार्की पक्राउ
रामेछाप । यहीँ भदौ ५ गते गोकुलगंगा गाउँपालिका वडा नं ४ बेतालीका रुद्रवहादुर खड्काको घर चोरी गर्ने स्थानिय रमेश कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

घरमा कोही नभएको मौका छोपी खड्काको घरको ढोका फोडी घरभित्र पसेर सिरानमुनी राखेको नगद २५ हजार, क्यामरा र रेडियो समेत चोरी गरेर फरार रहेका स्थानिय वर्ष ३० का रमेश कार्कीलाई प्रहरीले बेताली वजारवाट पक्राउ गरेको हो । पक्राउ परेका कार्कीलाई चोरी मुद्धामा रामेछाप जिल्ला अदालतवात ५ दिनको म्याद थप गरि प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

यातायात व्यवस्था विभागले हालै वृद्धि गरिएको सार्वजनिक सवारीको भाडा विद्युतीय सवारी साधनमा लागू नहुने स्पष्ट पारेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण चैत २५ देखि डिजेलबाट चल्ने सवारीमा मात्र भाडा बढाइएको भए पनि केही विद्युतीय सवारीले गैरकानुनी रूपमा बढी भाडा...

रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं. २ मा आगामी वैशाख १५ गतेदेखि १८ गतेसम्म 'दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता २०८३' आयोजना हुने भएको छ। शैलुङ खेलकुद विकास समितिद्वारा आयोजित यस प्रतियोगितामा देशभरका पुरुष भलिबल टोलीहरूले सहभागिता जनाउन सक्नेछन्।...

रामेछापमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

रामेछापमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

रामेछापको खाँडादेवी गाउँपालिकामा बुधबारदेखि सुरु हुने १३औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजकले मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरी वैशाख ११ गतेसम्म चल्ने उक्त प्रतियोगिताको व्यवस्थापकीय तयारी सम्पन्न भएको जानकारी...