ठेकेदार सम्पर्क विहीन, काम रोकियो, मजदुरले ज्याला पाउन सकेनन्

रामेछाप। नेपाल टेलिकमको टावर निर्माणको काम अधुरै छोडेर ठेकेदार सुवास पौडेल सम्पर्कविहीन भएपछि रामेछापका करिब १ दर्जन मजदुर अलपत्र परेको खुलेको छ। जिम्मेवारी दिने बेलामा सक्रिय भएका निर्माण व्यवसायि पौडेल काम अधुरो रहँदा सम्पर्कविहीन भएका छन् । यस्तो गैरजिम्मेवार प्रवृत्तिले निर्माण क्षेत्रभित्र श्रमिकको श्रम र मेहनतलाई गम्भीर जोखिममा पारेको छ।

रामेछाप नगरपालिका–९ का संगम श्रेष्ठले बताए अनुसार, ‘नेक्ट लाइन इन्फाकम प्रा।लि।’ मार्फत पौडेलले टावर निर्माणका लागि खाल्टा खन्ने र सोलिङ गर्ने जिम्मेवारी रामेछाप नगरपालिका ९ का श्रेष्ठलाई दिएका थिए। श्रेष्ठ लगाएत अन्य काम दार मिलेर समयमा काम सम्पन्न पनि गरे र आवश्यक सामग्री खरिद गरि समयमै काम सम्पन्न गरे पनि ठेकेदार बीचमै फरार भए। फोन गर्दा पनि नम्बर ९८५१३६७००५ मा सम्पर्क छैन, र पटक–पटक प्रयास गर्दा समेत कुनै जवाफ आएको छैन।
श्रेष्ठले भने, “काम सम्पन्न भइसकेको छैन, तर आवश्यक सामग्री पनि हामीले झारी सकेका छौं। भुक्तानी नदिँदा काम रोकिएको छ र मजदुर अलपत्र छन्। हामी लगातार सम्पर्कको प्रयास गरिरहँदा समेत व्यवसायीले कुनै जवाफ दिएनन्।”
श्रेष्ठले भने लगैतै हामीले सो नम्बरमा फोन बारम्बार सम्पर्क गर्दा समेत सम्र्पक हुन सकेन् ।

मजदुरको जीवन संकटमा परेको छ। घरखर्च, ऋण र दैनिक गुजारा चलाउन नसक्दा उनीहरू मानसिक र आर्थिक रूपमा दबाबमा छन्। तर काम लगाउने ठेकेदारलाई मजदुरको भोगाइ वा मेहनतको मूल्यको कुनै परवाह छैन।

उनिहरुका अनुसार, यस्तो प्रवृत्ति रोक्न प्रशासनिक र कानुनी कदम आवश्यक देखिन्छ। अब हामी कानुनी ढोका ढक्ढकाउन लागी पछौं । धेरै सम्पर्क गर्न खोज्यो तर सम्पर्कमा आउनु भएन ।

सार्वजनिक दबाबबिना ठेकेदारले आफ्नो जिम्मेवारी पूरा गर्ने सम्भावना कम छ। सुवास पौडेल जस्ता व्यवसायीको व्यवहारले मात्र काम रोकिने होइन, श्रमिकको जीवन नै असुरक्षित हुने अवस्था सिर्जना गरेको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

ललितपुर । ललितपुरस्थित डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान तीव्र बनाएको छ । सोमबार कलेजको चौथो तलाबाट हामफालेका १८ वर्षीय आर्यन सिंहको उपचारका क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर...

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले ‘सुशासन, प्रविधि र उत्पादन’लाई मुख्य प्राथमिकतामा राख्दै...