सुरक्षित निर्वाचनको तयारी: रामेछापमा नेपाली सेनाको हवाई र स्थल गस्ती तीव्र

निर्वाचनलाई सुरक्षित र शान्तिपूर्ण बनाउने तयारी स्वरूप नेपाली सेनाले रामेछाप जिल्लामा आफ्नो सक्रियता बढाएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत बनाउन सेनाले हेलिकप्टरमार्फत हवाई गस्ती र ‘माउन्ट/डिसमाउन्ट’ अभ्यास सुरु गरेको हो।

मंगलबार बिहान सेनानी सुवास थापाको नेतृत्वमा हिलदेवी क्षेत्रमा गरिएको यो विशेष अभ्यासको मुख्य उद्देश्य निर्वाचनका बेला आइपर्न सक्ने चुनौतीको सामना गर्न फौजको क्षमता र गतिको परीक्षण गर्नु रहेको छ। कुनै पनि संवेदनशिल स्थानमा छिटो पुगेर सुरक्षा प्रदान गर्नका लागि यस्तो अभ्यास प्रभावकारी मानिन्छ।

हाल रामेछापस्थित खड्ग दल गणले जिल्लाका सबै ९६ वटा मतदान स्थलमा आफ्नो पहुँच पुर्‍याएको छ। सेनाले स्थलगत गस्ती र सुरक्षात्मक गतिविधिहरूलाई तीव्र पार्दै जिल्लाभर सुरक्षाको बलियो उपस्थिति जनाएको छ, जसले गर्दा सर्वसाधारणले निर्धक्क भएर निर्वाचनमा भाग लिन सक्ने वातावरण बन्ने विश्वास गरिएको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाँदर धपाउने क्रममा लडेर किसान घाइते, उपद्रो बढ्दा गाउँले चिन्तित

बाँदर धपाउने क्रममा लडेर किसान घाइते, उपद्रो बढ्दा गाउँले चिन्तित

रामेछापको मन्थली नगरपालिका–८ चिसापानीमा सोमबार बिहान खेतबारीमा आएको बाँदर धपाउने क्रममा लडेर स्थानीय किसान ठेटबहादुर ढुङ्गेल गम्भीर घाइते हुनुभएको छ। उहाँलाई मन्थली अस्पतालमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको छ। चिसापानी र...

अमेरिका र इरानबीच ऐतिहासिक शान्ति सम्झौता

अमेरिका र इरानबीच ऐतिहासिक शान्ति सम्झौता

फारसको खाडी क्षेत्रमा लामो समयदेखि जारी तनाव अन्त्य गर्ने उद्देश्यका साथ संयुक्त राज्य अमेरिका र इरानबीच एक महत्वपूर्ण शान्ति सम्झौता भएको छ। दुवै पक्षले लेबनानसहित सबै मोर्चामा सैन्य गतिविधि तत्काल र स्थायी रूपमा रोक्ने सहमति गरेका छन्। वार्ताको मध्यस्थता गरिरहेका...

बाल्टिमोरमा संगीतकार अविरलमाथि कुटपिट, शल्यक्रियापछि डिस्चार्ज

बाल्टिमोरमा संगीतकार अविरलमाथि कुटपिट, शल्यक्रियापछि डिस्चार्ज

नेपालका चर्चित गायक तथा संगीतकार आशिष अविरलमाथि अमेरिकाको बाल्टिमोरमा नेपाली समयअनुसार शनिबार राति (स्थानीय समय) निर्घात कुटपिट भएको छ। कामको सिलसिलामा उत्पन्न सामान्य विवाद उत्कर्षमा पुग्दा दुई स्थानीय व्यक्तिले उनीमाथि आक्रमण गरेका हुन्। आक्रमणबाट संगीतकार अविरलको...