सुकाजोरमा ५ करोडको लागतमा कभड हल निमार्ण हुँदै

Written by meropradesh creator

२६ पुष २०७७, आईतवार

रामेछाप । रामेछाप नगरपालिकाको वडा नं–७ सुकाजोरमा करिब ५ करोडको लागतमा कभड हल निमार्ण हुने भएको छ ।
सो कभड हलको आइतवार रामेछाप नगरपालिकाका प्रमुख नरवहादुर थापामगरले एक कार्यक्रमको बिच शिलान्यास गरेका छन् । संघीय समलिकरण अनुदान कार्यक्रम काठमाण्डौं मार्फत आएको २ करोड ६० लाख ४४ हजार ८ सय ५१ रुपैयाँ र रामेछाप नगरपालिकाको २ करोड ६० लाख ४४ हजार ८ सय ५१ रुपैयाँ गरि कुल ५ करोड २० लाख ८९ हजार ७ सय २ रुपैयाँको टेण्डर आव्हान गरेको भएता पनि निमार्ण व्यवसायीसँग भने ४ करोड ५३ लाख ६५ हजार ४ सय ३३ रुपैयाँमा सम्झौता भएको हो ।
निमार्ण हुन लागेको कभड हल भित्र जिम रुम, भलिवल मैदान, दर्शक वस्ने ठाउँ, स्टेज, महिला र पुरुषको लागि छुट्टा–छुट्टै शौचालय समेत निमार्ण हुने भएको छ । कभड हल निमार्णको लागि रामेछाप नगरपालिकाले आवेदन माग गरेकोमा सुनकोशी कन्ट्रक्सन प्रा.लि.ले उक्त निमार्ण कार्यको जिम्मेवारी पाएको छ । निमार्ण व्यवसायीले आगामी २०७९ साल असार मसान्तभित्र निमार्ण कार्य सम्पन्न गरि रामेछाप नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने रामेछाप नगरपालिकाका इन्जिनियर कुसुम भट्टराईले जानकारी दिए ।
शिलान्यास कार्यक्रम रामेछाप नगरपालिका वडा नं–७ सुकाजोरका वडा अध्यक्ष समिर कार्कीको अध्यक्षतामा भएको थियो । कभड हल शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथि रामेछाप नगरपालिकाका प्रमुख नरवहादुर थापामगरले रामेछाप नगरपालिकाको गौरवको योजना भएकाले समयमा नै कभड हल सम्पन्न गर्नुपर्ने वताए । उनले भने– सिङ्गो पालिकाको निर्णयवाट यो कामको शुरुवात भएको हो । पालिकाको वजेटले मात्रै कडभ हल निमार्ण सम्पन्न हुन नसक्ने भएपछि पालिकाले डिपिआर तयार गरेर संघीय समलिकरण कार्यक्रममा पेश गरेपछि आधा वजेट प्राप्त भएकाले यो कामको शुरुवात भएको बताए ।
सोही कार्यक्रमका अतिथि रामेछाप नगरपालिकाकी उप–प्रमुख सिर्जना खड्काले नगरपालिका भित्र खेलमैदान निमार्ण गर्ने स्थान नभएकाले सुकाजोर सवैको रोजाइमा परेको बताइन । उनले भनिन्– म आफु जन्मेको हुर्केको र वस्तुभाउँ चराएको ठाउँमा कभड हल निमार्ण हुन लाग्दा आफु ज्यादै खुशि भएको जानकारी दिइन ।
सो कभड हल शिलान्यास कार्यक्रमका अतिथि नेपाली काँग्रेस रामेछापका पार्टी सभापति लवश्री न्यौपानले खेल मैदान नभएका कारण रामेछापका युवायुवतीहरुले खेलकुद क्षेत्रमा आफ्नो अभ्यास गर्न नपाएकाले जति सक्दो चाँडो कभड हल निमार्ण सम्पन्न गरिदिन निमार्ण व्यवसायीलाई अनुरोध गरेका छन् ।
कभड हल निमार्ण गर्ने जिम्मेवारी पाएका सुनकोशी कन्ट्रक्सन प्रा.लि.का प्रतिनिधि केशव महतले नगरपालिकासँग भएको सम्झौता अनुसार नै काम सम्पन्न गर्ने गरी काम अघि वढाउने जानकारी दिए । उनले भने– हामी जतिसक्दो सम्झौता अवधिभित्रै काम सकेर सम्वन्धीत पालिकालाई हस्तान्तरण गर्ने छौं ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

असार २४ । रामेछापको उमाकुण्ड गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावहीन बन्दा स्थानीय बासिन्दा, कर्मचारी, शिक्षक तथा सेवाग्राही दैनिक रूपमा सास्ती भोग्न बाध्य भएका छन् । फोन नलाग्ने, लागे पनि आवाज स्पष्ट नसुनिने, सम्पर्क पटक–पटक विच्छेद हुने र कतिपय स्थानमा टावर नै...

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

रामेछाप । सुनापती गाउँपालिका वडा नं. १, गुन्सी सोह्रखुट्टेस्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितता, लेखापरीक्षण नगरेको, विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयनमा ढिलाइ भएको तथा प्रधानाध्यापकले विद्यालयको शैक्षिक र प्रशासनिक जिम्मेवारी प्रभावकारी...

गाउँपालिका र हाइड्रोपावरबिचको विवाद अन्ततः समाधान

गाउँपालिका र हाइड्रोपावरबिचको विवाद अन्ततः समाधान

अन्ततः लिखु तामाकोशी गाउँपालिका र श्वेत गंगा हाइड्रोपावरबिच सडक निर्माणका क्रममा उत्पन्न विवाद मिलेको छ। गाउँपालिकाको वडा नम्बर २ मा भएको विवाद समाधान गर्दै दुवै पक्षबिच आपसी सहकार्य गर्ने सहमति भएको हो। सहमति अनुसार हाइड्रोपावरको पेनस्टक पाईप पछाडि रहेको खहरे खोलाको...