सशस्त्र प्रहरी जवान बोहराले फेला परेको २ लाख ४० हजार फिर्ता गरे

Written by meropradesh creator

१८ मंसिर २०७८, शनिबार

रामेछाप । सशस्त्र प्रहरी बल मन्थली मार्फत रामेछापको मन्थली नगरपालिका–१२ घर भई सिन्धुपाल्चोकको तातोपानी सशस्त्र प्रहरी बलमा कार्यरत अच्यूतकुमार बोहराले बाटोमा फेला परेको २ लाख ४० हजार रुपैयाँ सम्बन्धीत ब्यक्तीलाई फिर्ता गरेको छ ।
रामेछापको मन्थली नगरपालिका–२ तल्लो टेकानपुर स्थित सडकमा फेला परेको २ लाख ४० हजार रुपैयाँ, सम्बन्धीत ब्यक्ती खाँडादेवि गाउँपालिका–४ पकरबासका भोजबहादुर मानन्धरलाई सशस्त्र प्रहरी बल मन्थली मार्फत फिर्ता गरेका हुन् ।
घर विदामा रहेका सशस्त्र प्रहरी सहायक हवल्दार अच्यूतकुमार बोहरा मन्थलीबाट घर फर्कने क्रममा पैसा सहितको कालो झोला बाटोमा फेला परेपछि बोहराले सशस्त्र प्रहरी बल मन्थलीमा बुझाएका थिए । पैसासँगै झोलामा रहेका पैसा धनीको परिचय–पत्रको आधारमा सम्बन्धित ब्यक्तिलाई बोलाई पत्रकारहरुको रोहवरमा पैसा फिर्ता गरिएको सशस्त्र प्रहरी बल मन्थलीका प्रहरी नायव उपरीक्षक केशवराज प्याकुरेलले जानकारी दिए ।
विमा ब्यवसाय गर्दै आएका मानन्धरले आफ्नो हराएको पैसा फेला पारेर इमान्दारिताका साथ फिर्ता गरेको भनि खुसीले सहायक प्रहरी हवल्दारलाई पुरस्कार स्वरुप ४० हजार रुपैयाँ दिंदा नलिएको उनले बताए । जनताको सुरक्षामा खटिएको राष्ट्र सेवक भएकाले हराएको रकम फेला पारि फिर्ता गर्न पाउँदा आपूm एकदमै खुसी भएको बताए । जनताको जनधनको सुरक्षा गर्नु आफ्नो दायित्व भएकाले पैसा धनीले पुरस्कार स्वरुप दिएको रकम आपूmले नलिएको पनि उनले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला’ आयोजना हुने

रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला’ आयोजना हुने

रामेछाप : प्रारम्भिक बालविकासका क्षेत्रमा अभिभावकलाई सचेत र जागरुक बनाउने उद्देश्यले रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला तथा प्रदर्शनी’ आयोजना हुने भएको छ। रामेछाप नगरपालिका र सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको संयुक्त आयोजनामा आगामी वैशाख ३१ गते यो कार्यक्रम...

गृहमन्त्री सुधन गुरुङको राजीनामा: बालेन सरकारबाट बाहिरिए

गृहमन्त्री सुधन गुरुङको राजीनामा: बालेन सरकारबाट बाहिरिए

प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रिमण्डल गठनकै दिन जिम्मेवारी सम्हालेका गृहमन्त्री सुधन गुरुङ अन्ततः पदबाट बाहिरिएका छन्। सुरुवातमा उच्च पदस्थ कर्मचारीहरूमाथि कडा कारबाही गरेर निकै वाहवाही बटुलेका गुरुङ पछिल्लो समय भने विभिन्न विवादका कारण आलोचनाको घेरामा परेका थिए।...

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

यातायात व्यवस्था विभागले हालै वृद्धि गरिएको सार्वजनिक सवारीको भाडा विद्युतीय सवारी साधनमा लागू नहुने स्पष्ट पारेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण चैत २५ देखि डिजेलबाट चल्ने सवारीमा मात्र भाडा बढाइएको भए पनि केही विद्युतीय सवारीले गैरकानुनी रूपमा बढी भाडा...