सर्लाहीका ६ विपन्न विद्यार्थीलाई गगनकुमार थापाले निःशुल्क पढाउने

२ जेष्ठ २०८३, शनिबार

काठमाडौँ, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाहीका छ जना स्कुले विद्यार्थीलाई निःशुल्क पढाउने व्यवस्था मिलाउनुभएको छ । सर्लाहीको बलरा नगरपालिका, गोडैता नगरपालिका र धनकौल गाउँपालिकाका आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई थापाले निःशुल्क अध्ययनको व्यवस्था गर्नुभएको हो ।

ललितपुरमा रहेको एक छात्रावासमा राखेर ती बालबालिकालाई कक्षा १० सम्म आवाससहित पूर्ण निःशुल्क अध्ययन गराइने सभापति थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । क्षमता र इच्छाशक्ति भएर पनि आर्थिक अभावका कारण धेरै दलित तथा विपन्न परिवारका बालबालिकाको पढाइ बीचमै रोकिने अवस्था आउनु दुःखद यथार्थ रहेको उहाँले उल्लेख गर्नुभएको छ । सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहनुभएका नेता थापाले विपन्नताका कारण बालबालिका शिक्षाबाट बञ्चित हुनुपर्ने विद्यमान अवस्थालाई थोरै भए पनि बदल्ने उद्देश्यले आफूले यो सानो पहल सुरु गरेको बताउनुभएको छ ।

यो सत्प्रयासलाई सम्भव तुल्याउन आ-आफ्नो क्षेत्रबाट साथ र सहयोग दिने सम्पूर्ण सहयोगी मनहरूलाई उहाँले विशेष धन्यवाद ज्ञापन गर्नुभएको छ । शिक्षा क्षेत्रमा गरिने यस्ता परोपकारी तथा सहयोगी कार्यहरूलाई आगामी दिनमा पनि थप प्रभावकारी र निरन्तर रूपमा अघि बढाउँदै लैजाने प्रतिबद्धतासमेत सभापति थापाले व्यक्त गर्नुभएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विकास निर्माण र कानुन सुधारमा सरकार प्रतिबद्ध मन्त्रीद्वय

विकास निर्माण र कानुन सुधारमा सरकार प्रतिबद्ध मन्त्रीद्वय

सरकारका मन्त्रीहरूले विकास निर्माणका कार्यलाई द्रुत गतिमा अघि बढाउन र विद्यमान कानुनहरूलाई जनमुखी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।जिल्ला प्रशासन कार्यालय रामेछापमा शनिबार आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै कानुन मन्त्री सोविता गौतम र भौतिक मन्त्री सुनिल...

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

मन्थली, रामेछाप। प्रेस चौतारी नेपाल रामेछापद्वारा स्थापित ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेललाई प्रदान गरिएको छ। प्रेस चौतारी नेपाल रामेछापले ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार मन्थलीमा आयोजित विशेष...

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

रामेछाप, ६ साउन। रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ पुलुमा कटहर टिप्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–३ घर भई हाल लिखुतामाकोशी गाउँपालिका–२ पुलुस्थित आफ्नी सानिआमा लिलामाया...