संविधान संशोधनलाई हल्का रूपमा लिनु देशका लागि घातक : गगन थापा

२२ श्रावण २०८३, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधनजस्तो संवेदनशील विषयलाई हल्का रूपमा लिनु देशका लागि घातक हुन सक्ने बताएका छन्। उनले संविधान संशोधन आवश्यक भए पनि त्यसका संवेदनशील पक्षलाई गम्भीरतापूर्वक बुझेर मात्र अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्।

पार्टी निकट नेपाल आदिवासी जनजाति महासंघको सम्मेलनलाई काठमाडौंमा सम्बोधन गर्दै सभापति थापाले संविधान कुनै स्थिर दस्तावेज नभई समयअनुसार सुधार, परिमार्जन र आवश्यक संशोधन गर्न सकिने जीवित दस्तावेज भएको बताए। तर संशोधनका क्रममा राष्ट्रिय सहमति, संवैधानिक मूल्य–मान्यता र राजनीतिक संवेदनशीलतालाई बेवास्ता गरिए देश गम्भीर संकटतर्फ जान सक्ने उनको भनाइ थियो।

“संविधान डकुमेन्ट हो। यसमा काम गर्दै जाने, सुधार गर्दै जाने, आवश्यक कुरा थप्ने र समयानुकूल परिवर्तन गर्ने प्रक्रिया स्वाभाविक हो,” थापाले भने, “तर यसभित्रका संवेदनशीलतालाई नबुझी अघि बढ्यौं भने नेपाल कुनै पनि बेला दुर्घटनामा पर्न सक्छ।”

सरकारले संविधान संशोधनको विषयलाई पर्याप्त तयारी र गम्भीरताबिना अघि बढाउन खोजेको आरोप लगाउँदै उनले त्यसले मुलुकलाई अनावश्यक द्वन्द्वतर्फ धकेल्ने जोखिम रहेको बताए। संविधानप्रतिको सरकारको दृष्टिकोण नै चिन्ताजनक रहेको उल्लेख गर्दै उनले लोकतान्त्रिक मूल्य र राष्ट्रिय सहमतिलाई केन्द्रमा राखेर मात्र संशोधनको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए।

सभापति थापाले संविधानको रक्षा गर्नु सबै राजनीतिक दल र नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै नेपाली कांग्रेसले संविधानको मर्म, लोकतान्त्रिक अभ्यास र राष्ट्रिय हितको संरक्षणका लागि निरन्तर भूमिका निर्वाह गर्ने बताए। देशलाई कुनै पनि प्रकारको राजनीतिक वा संवैधानिक द्वन्द्वमा जान नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो।

यसै क्रममा उनले वर्तमान सरकारको कार्यशैलीप्रति पनि असन्तुष्टि व्यक्त गरे। सरकारमा शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै उनले राज्यका जिम्मेवार निकाय र पदाधिकारीहरूले विधि, प्रक्रिया र संवैधानिक मर्यादाभन्दा बाहिर गएर काम गर्न थालेको टिप्पणी गरे। प्रधानमन्त्री कार्यालयदेखि मन्त्रीहरूका गतिविधिसम्मले सुशासनमाथि प्रश्न उठाएको उनको दाबी थियो।

थापाले लोकतन्त्र, विधिको शासन र संविधानको प्रभावकारी कार्यान्वयन नै मुलुकको स्थायित्व र समृद्धिको आधार भएकाले संविधानसँग जोडिएका विषयमा सबै पक्षले उच्च जिम्मेवारीका साथ व्यवहार गर्नुपर्ने आवश्यकता औंल्याए।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...