रामेछाप । मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले समान्य उपचारको खाजिमा अब राजधानी लगाएत अन्य जिल्ला अब जान नपर्ने बताएका छन् । मन्थली नगरपालिकाले सञ्चालनमा ल्याएको १५ शैयाको अस्प्तालको उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख बस्नेतले सामान्य उपचारको खोजिमा बाहिरी जिल्ला जाने समस्या हटेको बताएका छन् ।
नागरिक जिल्लामा समान्य उपचार नभएपछी जिल्ला बाहिर लाखौँ रुपैँया बोकेर उपचारको खोजीमा जाने समस्या अब हटेको बताएका छन् । प्राथमिक स्वास्थ केन्द्रलाई नगरपालिकाले स्तरउन्नती गरी मन्थली अस्पतालको रुपमा विकास गरेको छ । पहिला भन्दा धेरै सेवाहरुको बिस्तार गरिएको मन्थली अस्पतालले जनाएको छ ।