सिन्धुलीले नियम विपरीत कर असुली गर्दा रामेछापका व्यवसायी मारमा

Written by meropradesh creator

२० बैशाख २०७८, सोमबार

रामेछाप । रामेछाप भित्रने खाद्यन्न बोकेको सवारी साधनमाथी सिन्धुलीको कमलामाई नगरपालीकाले मनलाग्दी रुपमा कर असुली गर्दा रामेछापका व्यवसायीहरु मारमा परेका छन् । पर्साको विरगंज हुँदै रामेछाप तर्फ भित्रने ढुवानीका सवारी साधनलाई कमलामाई नगरपालिकाले नियम विपरित कर लिदै आएको छ । त्यस्तैगरी सिन्धुलीका व्यवसायीहरुले ढुवानीका साधनमा भाडा समेत बढी लिदै आएको रामेछाप उद्योग वाणिज्य संघका कोषाध्यक्ष पवन कठायतले जानकारी दिए ।
उनले भने– बिपि राजमार्गमा नयाँ गिरोह हाबी भएको छ । स्थानीय सरकारले तोकेको कर भन्दा बढी रकम लिने स्थानीय गिरोह सक्रिय भएका कारण रामेछाप प्रवेश गर्ने सवै ढुवानीका साधनले वढी रकम तिरेर सिन्धुली जिल्ला छिचोल्नु पर्ने वाध्यता रहेको छ । स्थानिय निकायले तोकेको भन्दा वढी रकम लिएको भन्ने बिषयमा सम्वन्धीत निकायलाई पटक–पटक जानकारी गराउँदा समेत स्थानिय तहले कुनै वास्ता नगर्दा ठेकेदारसँग स्थानिय तहकै मिलेमतो होकी भन्ने आभाष महसुस भएको कोषाध्यक्ष कठायतले गरे ।
सबै नगरपालिका र गाउँपालिकाहरुले कर भनेर जनता ठग्ने कार्य नगरे पनि सिन्धुलीको कमलामाइ नगरपालिकाको कार्यालयले यस्तो धन्दा चलाउँदा रामेछापका आम व्यवसायीहरु मारमा परेका छन् । स्थानिय उत्पादनलाई कर लगाउने अधिकार स्थानिय तहलाई छ । बिरगंज, बारा लगाएतका जिल्लाहरुबाट आएका सामाग्रीहरु र छिमेकी मुलुक भारत लगायत अन्य देशमा उत्पादन गरि नेपाली कम्पनीले प्याक गरेर बिक्रिको ल्याएको दाल गेडागुडिमा पनि कर भनेर केजिको १ रुपैयाँको दरले कमलामाई नगरपालिकाले कर लिदै आएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

यातायात व्यवस्था विभागले हालै वृद्धि गरिएको सार्वजनिक सवारीको भाडा विद्युतीय सवारी साधनमा लागू नहुने स्पष्ट पारेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण चैत २५ देखि डिजेलबाट चल्ने सवारीमा मात्र भाडा बढाइएको भए पनि केही विद्युतीय सवारीले गैरकानुनी रूपमा बढी भाडा...

रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं. २ मा आगामी वैशाख १५ गतेदेखि १८ गतेसम्म 'दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता २०८३' आयोजना हुने भएको छ। शैलुङ खेलकुद विकास समितिद्वारा आयोजित यस प्रतियोगितामा देशभरका पुरुष भलिबल टोलीहरूले सहभागिता जनाउन सक्नेछन्।...

रामेछापमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

रामेछापमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

रामेछापको खाँडादेवी गाउँपालिकामा बुधबारदेखि सुरु हुने १३औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजकले मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरी वैशाख ११ गतेसम्म चल्ने उक्त प्रतियोगिताको व्यवस्थापकीय तयारी सम्पन्न भएको जानकारी...