रामेछाप । सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका ७ बारामा बस दुर्घटना भएको छ । दुर्घटनामा बसमा सवार ग्लोबल आईएमई बैंकका कर्मचारी घाइते भएका छन् । घाइते मध्य एक दर्जन भन्दा बढीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
महोत्तरीको बर्दिवासबाट बीपी राजमार्ग हुँदै काठमाडौंतर्फ जाँदै गरेको ग्लोबल आईएमई बैंकका कर्मचारी सवार वाग्मती प्रदेश ०१०–०१–१७३२ पर्यटक बस बिहीबार अपराह्न दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकालाई स्थानीय अस्पताल खुर्कोटमा पठाइएको छ । बसमा बैंका २८ जना कर्मचारी हरु रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिलकुमार खड्काले जानकारी दिए । उनका अनुसार ती कर्मचारीहरु बर्दिवासमा तालिममा सहभागी भएर फर्किँदै थिए । घटनास्थलमा प्रहरी, स्थानीयलगायतले उद्धार जारी राखेका छन् । बस सडकबाट खसेर स्थानीयको घर पछाडि उत्तानो परेको छ ।