सिडियोले बुझे मान्यता नपाएको “हाइटप” एन्टेजिन किट

Written by meropradesh creator

१४ जेष्ठ २०७८, शुक्रबार

रामेछाप । जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रका अध्यक्ष एवं रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुले नेपाल सरकारले मान्यता नै नदिएको “हाइटप” एन्टेजिन किट जिम्मा लिएर रामेछापका गाउँगाउँमा पठाएका छन् ।
नेकपा एमालेका नेता एवं खानी निमार्ण सेवा प्रा.लि.का प्रोपाइटर रत्न गौतमले पठाएको एक हजार थान एन्टेजिन किट गत मगंलवार नेकपा एमाले रामेछापका जिल्ला अध्यक्ष आनन्द श्रेष्ठले जिल्ला प्रशासन कार्यालयमा पुर्याएर प्रमुख जिल्ला अधिकारी शैजुलाई हस्तान्तरण गरेका थिए । प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुले जिम्मा लिएका उक्त किट रामेछापका ८ वटै स्थानिय तहमा पठाएका हुन् ।


प्रमुख जिल्ला अधिकारी शैजुले बुझेर गाउँपालिका र स्वास्थ्य संस्थाहरुमा पठाएका उक्त किट विश्व स्वास्थ्य संगठन सहित नेपाल सरकारले मान्यता दिएको २० वटा किट उत्पादन गर्ने कम्पनीहरुको लिष्टमा नरहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । पछिल्लो समय रामेछापमा कोरोना संक्रमितहरुको संख्या बढेसँगै कोरोना परिक्षण गर्न किटको अभाव देखिएको जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको थियो ।
कोरोना परिक्षणमा किट अभाव भएको जानकारी पाएपछि नेकपा एमालेका नेता गौतमले १ हजार थान किट खरिद गरेर प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेका थिए । प्रजिअले बुझेका ती किटहरु गाउँका स्वास्थ्य संस्थाहरुमा पठाएपछि स्वास्थ्यकर्मीहरुले सोही किटद्धारा कोरोना संक्रमितको परिक्षण गरेका थिए ।


स्वास्थ्यकर्मीहरुले कोरोना परिक्षणको क्रममा किटको गुणस्तरमा शंका लागेपछि उक्त किट नेपाल सरकारद्धारा मान्यता प्राप्त भए नभएको एकिन गरेका थिए । स्वास्थ्यकर्मीहरुले नेपाल सरकारले मान्यता प्रदान गरेको किटको लिष्टमा सिडियोले बाडेको किट नपरेपछि उक्त घटना छताछुल्ल रुपमा बाहिर आएपछि रामेछापका प्रमुख जिल्ला अधिकारी माथि नै प्रश्न चिन्ह खडा भएको हो ।
नेपाल सरकारले मान्यता नै नदिएको किट बुझेर जिल्लाका स्वास्थ्य संस्थाहरुमा बितरण गरेको बिषयमा प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुसँग सम्र्पक गर्दा उनले भने– नेपाल सरकारवाट मान्यता प्राप्त हुन वाँकी रहेको किट रहेछ । अहिले गाउँगाउँका स्वास्थ्य संस्थाहरुमा पुगेको उक्त किटवाट परिक्षण रोक्नको लागि निर्देशन दिएको बताए ।


स्वास्थ्यकर्मीहरुले कोरोना परिक्षण गर्ने क्रममा किट माथी शंका लागेपछि किटको बिषयमा जिल्ला स्वास्थ्य कार्यालय रामेछापमा खबर गरेका थिए । स्वास्थ्यकर्मीहरुको खबर पाउनासाथ उक्त किट गुणस्तर मान्यता प्राप्त सूचिकृतमा रहे नरहेको भन्ने बिषयमा मन्त्रालयसँग बुझ्ने क्रममा सो किट गुणस्तर परिक्षण निर्धारणमा नपरेको पाइएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा.जितेन्द्रकुमार कर्णले जानकारी दिए ।
उनले भने– प्रमुख जिल्ला अधिकारीले किट बुझ्ने क्रममा नेपाल सरकारवाट मान्यता प्राप्त छ÷छैन बुझ्नु पथ्र्यो । अर्कोतिर प्रजिअले किट बुझ्ने बेलामा स्वास्थ्य कार्यालयलाई जानकारी गराएको भए पनि हुने थियो । प्रशासनले स्वास्थ्य कार्यालयलाई जानकारी नै नगराई किट बुझेर गाउँगाउँमा परिक्षण गर्न पठाएपछि थप समस्या उत्पन्न भएको डा.कर्णले बताए ।
गाउँका स्वास्थ्य संस्थामा पुगेका ती किटहरुवाट स्वास्थ्य संस्थै पिच्छे ५ देखी १० जनाको दरले कोरोना परिक्षण गरिसकिएको छ । कोरोना परिक्षण गरिसकेका सबै जनाको नाम संकलन गरेर पुनः दोहोर्याएर कोरोना परिक्षण गर्न निर्देशन गरिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । अहिले स्वास्थ्यका कर्मचारीहरुलाई परिक्षण गरिसकेका व्यक्तिको पहिचान र डाँटा संकलनमा समस्या भएको पनि सो कार्यालयले जनाएको छ ।
नेपालमा उत्पादित “हाइटप” एन्टेजिन किट २०७७ कार्तिक महिनामा इमरजेन्सिमा आपतकालिन अवस्थामा प्रयोगमा ल्याउन अनुमति दिएको थियो । किटको प्रत्येक १ देखि २ महिनामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षण गराइ अनुमति लिएर विक्री वितरण गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । तर किट उत्पादन गर्ने कम्पनीले पछिल्लो समयमा परिक्षण नै नगराई विक्रीबितरण गरेको भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
एमालेले सस्तो लोकप्रियता कमाउन बितरण गरेको किट र गुणस्तर छ÷छैन जानकारी बिनै सामाग्री बुझेर नागरिकको स्वास्थ्य माथी प्रमुख जिल्ला अधिकारीले गम्भिर खेलबाड गरेको भन्दै रामेछापका नागरिक अगुवाहरुले सामाजिक सञ्जालमा यसको चौतर्फी बिरोध जनाएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

रामेछाप ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा...

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

मरिण गाउँपालिका–७ छापस्थित कपिलाकोट माध्यमिक विद्यालयमा ‘विद्यार्थीसँग जनप्रतिनिधि’ कार्यक्रम सम्पन्न भएको छ। मरिण गाउँपालिकाको आर्थिक सहयोगमा खाँडादेवी मिडिया ग्रुप प्रालिद्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विद्यालय र स्थानीय समस्याबारे प्रश्न राखेका...

बालकुमारीमा प्रहरीद्वारा गोली प्रहार, तीन लागुऔषध कारोबारी पक्राउ

बालकुमारीमा प्रहरीद्वारा गोली प्रहार, तीन लागुऔषध कारोबारी पक्राउ

ललितपुरको बालकुमारी क्षेत्रमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले विशेष सूचनाका आधारमा सञ्चालन गरेको अपरेसनका क्रममा संदिग्ध कारोबारीहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनुपरेको हो । विशेष...