शुभ कामना

Written by meropradesh creator

३० चैत्र २०७७, सोमबार

केहि काम नगरेपनि कम्तिामात्यो आसनमा पुग्यौ
बेला बेला उखान टुक्का सुनाइ दिएकोमा शुभकामना
महंगीले दिनदिनै आकाश चुलाइ दिएकोले कुन दिन भोकमरीले मरिन्छ
भार थाम्न नसक्ने बनाइ दिएकोमा तिमी महन्ते दाजुलाई शुभकामना
शान्ति रुपी विगुल बजाउँदै,नयाँवर्षे विहानी उदाओस्
उन्नति र प्रगतिका, सुनौला समाचारहरुलाई शुभकामना
आफुले मेहनत नगरे पनि, अरुको उन्नतिमा
आफ्नो अधोगति देख्ने ति, निर्लज्जनयनहरुलाई शुभकामना
कसैले दुखपाई दुखी हुन नपरोस्, दैवि प्रकोप हटेर जाओस्
जताततै सुखमयति , प्रेमिल दिनहरुलाई शुभकामना
राजनैतिक कालो वादल हटेर जाओस्
सकारात्मक संकेतका, आधारहरुलाई शुभकामना
हो नहार ति, दुई नेपालि पाइलट हरुलाई शुभकामना
अनिणर्यका बन्दि बनाउनेहरु लाई पत्ता साफ बनाएर उडाओस्
न्यायालयको बन्दि कोठा भित्रका ति ,महान् आत्माहरुलाई शुभकामना
एउटा हातमा राहतको पोको, अर्को हातमा सेल्फीको लहरमा
कर्णालि सम्म पुगेका ति, अभियन्तालाई शुभकामना
जनमुखी राहतका ति , सहयोगी मनहरुलाई शुभकामना
न्याय ,कानुन , सविंधानको पालनागर्दै , शान्ति सुरक्षा छाओस्
स्वागत योग्य ति, नयाँ योजनाहरुलाई शुभकामना
योजनाहरु साकार बनाउन तल्लिन ति , योजनाकारहरुलाई शुभकामना
झुपडिमा सिस्नु खाएर, महलमा आसिनहरुको लागी
कर तिर्न अग्रसर ति, निर्मम र दयालु मनहरुलाई शुभकामना
विस्तारै झर्दैछन् ति, पुराना पातहरु रुखका
अंकुराउदै गरेका ति , कलिला मुनाहरुलाई शुभकामना
निश्चल मनहरुलाई अझै कञ्चन बनोस्
सोझा सिधा ति तिम्रा आत्माहरुलाई शुभकामना
नयाँ वर्षमा चोखे ति, प्यार हरुलाई शुभकामना
मित्रता र प्रेममा पर्यायवाची यारहरुलाई शुभकामना
विहान उस्तै ,दिन उस्तै , चिसो रात उस्तै
कहिल्यै भुल्न नसकिने ति, तिम्रा गढित यादहरुलाई शुभकामना
सबैको प्रेम साकार होस्, सोचेको सबै पुर्ण होस्
नयाँ बस्न लागेका, पे्रमिल घरवारहरुलाई शुभकामना
शुभकामना१शुभकामना१सबै सबैमा नयाँवर्षको शुभकामना

 

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

असार २४ । रामेछापको उमाकुण्ड गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावहीन बन्दा स्थानीय बासिन्दा, कर्मचारी, शिक्षक तथा सेवाग्राही दैनिक रूपमा सास्ती भोग्न बाध्य भएका छन् । फोन नलाग्ने, लागे पनि आवाज स्पष्ट नसुनिने, सम्पर्क पटक–पटक विच्छेद हुने र कतिपय स्थानमा टावर नै...

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

रामेछाप । सुनापती गाउँपालिका वडा नं. १, गुन्सी सोह्रखुट्टेस्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितता, लेखापरीक्षण नगरेको, विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयनमा ढिलाइ भएको तथा प्रधानाध्यापकले विद्यालयको शैक्षिक र प्रशासनिक जिम्मेवारी प्रभावकारी...

गाउँपालिका र हाइड्रोपावरबिचको विवाद अन्ततः समाधान

गाउँपालिका र हाइड्रोपावरबिचको विवाद अन्ततः समाधान

अन्ततः लिखु तामाकोशी गाउँपालिका र श्वेत गंगा हाइड्रोपावरबिच सडक निर्माणका क्रममा उत्पन्न विवाद मिलेको छ। गाउँपालिकाको वडा नम्बर २ मा भएको विवाद समाधान गर्दै दुवै पक्षबिच आपसी सहकार्य गर्ने सहमति भएको हो। सहमति अनुसार हाइड्रोपावरको पेनस्टक पाईप पछाडि रहेको खहरे खोलाको...