सहकारीले २ करोड भन्दा बढीरकम अपचलन गरेपछी बचतकर्ताको रुवाबासी

Written by meropradesh creator

२० भाद्र २०७८, आईतवार

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–२ बाम्ती भण्डारमा रहेको नव बाम्ती भण्डार बहुउद्देश्यीय सहकारी संस्था लिमिटटेडका कर्मचारीले सहकारीमा बचत गरेको बचतकर्ताको २ करोड १९ लाख १९ हजार रुपैयाँ अपचलन गरेपछी बचत कर्ताको रुवाबासी सुरु भएको छ ।
उमाकुण्ड गाउँपालिका–२ बाम्ती भण्डारको रत्नज्योति बजारमा रहेकोे नव बाम्ती भण्डार बहुउद्देश्यीय सहकारी संस्था लिमिटटेडका कर्मचारीले सहकारीको २ करोड १९ लाख १९ हजार रुपैयाँ अपचलन गरेकोे खुलासा भएको हो । कर्मचारीले सञ्चालक समितिलाई समेत ढाँटछल गरेर रकम अपचलन गरेपछि बचत कर्ताहरुले आपूmले बचत गरेको पैसा समेत तीन वर्षदेखि निकाल्न नपाएको गुनासो गरेका छन । वर्षिक १८ करोडको कारोबार गर्ने उक्त सहकारी संस्थासँग बचत फिर्ता गर्ने समेत रकम छैन ।
उमाकुण्ड गाउँपालिका–२ बाम्तीका छिरी शेर्पाको श्रीमति १७ वर्षदेखि मानसिक समस्या भएर उपचार गराँदै आएका छन् । मानसिक सन्तुलन गुमाएकी उनलाई घरको कोठामा थुनेर राखिएको छ । श्रीमतिको उपचारमा आपूmसँग भएको पैसा सकिएपछि मुद्धतीमा पैसा राखेर ब्याजबाट उपचार गराउने उद्देश्यले जग्गा बेचेर छिरीले सहकारीमा २ लाख रुपैयाँ एक वर्षका लागि मुद्धतिमा राखेका थिए । मासिक रुपमा ब्याज लिनेगरी सहकारीमा पैसा राखिए पनि मुद्धतिको अवधि नाघिसक्दा समेत सावा ब्याज दुबै नदिएपछि छिरीलाई श्रीमतिको उपचार खर्च जुटाउनै समस्या भएको छ ।
सहकारीका बचत कर्ता छिरी शेर्पालाई मानसिक सन्तुलन गुमाएर १७ वर्षदेखि थलिएकी श्रीमतिको उपचार गर्ने समस्या त छदैछ त्यसैमाथि घर जलेर अर्को विपद आइपर्दा समेत छिरीलाई आपूmले सहकारीमा बचत गरेको पैसा काम लागेन । घर पूर्णरुपमा ध्वस्त भएर विचल्लीमा पर्दा समेत आपूmले बचत गरेको पैसा सहकारीले फिर्ता नदिएपछि गाउँमा ऋण गरेर खर्च जुटाएको उनको गुनासो छ । एक दिन छिरीलाई पैसा नभईनहुने भएपछि सहकारीमा आपूmले बचत गरेको पैसा निकाल्न जाँदा कर्मचारीले सहकारीमा २ सय रुपैयाँ छ त्यही लिएर जाउ भनेर फर्काइदिएको उनले दुखेसो गरे ।
त्यस्तै नोर्बु छिरिङ शेर्पाको मुद्धतिमा १ लाख २० हजार रुपैयाँ र चल्तीमा २ लाख ७ हजार रुपैयाँ सहकारीमा छ । तर उनले पनि आफ्नी श्रीमति विरामी पर्दा गाउँमा ऋण गरेर उपचार गर्नु परेको छ । सहकारीले पैसा नदिएपछि गाउँमा ५० हजार रुपैयाँ ऋण काढेर श्रीमतिको उपचार गराएको उनले बताए । पैसा माग्न जाँदा सहकारीले तपाईको पैसा हराउँदैन भनि उल्टै हप्काएर पठाउने गरेको उनको गुनासो छ ।


बाम्तीकी दासामु शेर्पाले गिटी कुटेर, कुखुरा बाख्रा बेचेर सहकारीमा पैसा जम्मा गरेकी थिइन । उनले पनि आपूmलाई आवश्यक परेको बेला सहकारीमा जम्मा गरेको पैसा निकाल्न पाइन्छ भनेर खाई नखाई कमाएको पैसा सहकारीमा जम्मा गरेकी थिइन । दासामु शेर्पा पेटको रोगी छिन् । उपचारको लागि पैसा आवश्यक परेर सहकारीमा आपूmले बचत गरेको पैसा लिन पटक–पटक गइन तर सहकारीले सधै रित्तो हात फर्काइदिने गरेको छ । दासामु शेर्पाको मात्र हैन कान्छी शेर्पाको कुरा पनि उस्तै छ ।
छिमी शेर्पाले पनि कुखुराको अण्डा, कुखुरा र खसीबोका बेचेर सहकारीमा पैसा बचत गरेकी थिइन । परिवारमा दुखविमार पर्दा तथा आवश्यक परेको बेला निकाल्न पाइन्छ भनेर राखेको पैसा निकाल्न जाँदा सहकारीले नदिएको उनको भनाई छ ।
त्यस्तै गरी सप्तरी जिल्ला घर भई १५ वर्षदेखि बाम्ती भण्डारमा कपाल काट्ने र सामान्य औषधी पसल सञ्चालन गर्दै आएका दयाराम ठाकुराको बेदना पनि उस्तै छ । छोराछोरीको पढाई खर्च जोहो गर्नका लागि कपाल काटेको पैसा सहकारीमा मुद्धतीमा राखेका थिए । मुद्धतिको अवधि सकिंदा पनि उनको पैसाको सावा न ब्याज भएको छ । त्यतिमात्र हैन दयारामलाई थाहाँ नै नदिई सहकारीबाट ऋण लिएका एक ऋणीको साँक्षी राखेर दयारामको किर्ते हस्ताक्षर गरेको समेत पाइएको छ । ऋण लिने ब्यक्ति ऋण नतिरी फरार भएपछि दयारामले सहकारीमा बचत गरेको पैसा पाउँनको लागि फरार ब्यक्तिको ऋण अशुल्नु पर्ने भन्दै दवाव दिएको उनको गुनासो छ । दयाराम भन्छन् ऋण लिने मान्छे को हो ? मैले चिनेकै छैन र म कोही पनि ऋणीको साँक्षी बसेको छुइन । म कसरी आफुले चिन्दै नचिनेको र साँक्षी नबसेको मानिस बाट ऋण असुल गरौँ ।
कर्मचारीले त्यतीमात्र हैन सहकारी संस्थाको आन्तरिक रुपमा सर्वोच्च निकाय साधारण सभालाई मानिन्छ । संस्थाकोे विधान, कार्यविधि, संस्थाको आन्तरिक नीति नियमहरु साधारणसभाले पास गर्नुपर्ने हुन्छ । कार्यसमिति हेरफेर गर्ने अधिकार पनि सधारण सभालाई नै हुन्छ । तर, नव बाम्ती भण्डार बहुउद्देश्यीय सहकारी संस्थाका कर्मचारीहरुले सञ्चालक समितिको अध्यक्षलाई नै बरखास्त समेत गरिदिएको छ । सहकारीले बचत कर्ताहरुलाई रकम फिर्ता गर्न नसकेको गुनासो आएपछि हिसाब किताब खोजी गर्दा सञ्चालक समितिका अध्यक्ष दानुरु शेर्पालाई नै पदबाट बरखास्त गरि एक कर्मचारीलाई नै सञ्चालक समितिको अध्यक्ष बनाइएको छ । सञ्चालक समितिको कोषाध्यक्ष र सहकारीको क्यासियर रहेका ब्यक्तिलाई अध्यक्षको समेत जिम्मेवारी दिइएको छ ।
एउटै संस्थामा एकजना ब्यक्ति एक भन्दा बढी कार्यकारी पदमा बस्नु गैरकानूनी हुन्छ । उक्त सहकारीको विनियममा सञ्चालक समितिको सदस्य सोही संस्थाको कर्मचारी भएर काम गरेमा सञ्चालकको पद बहाल नहुने उल्लेख छ तर कर्मचारी हरिशंकर बस्नेत सदस्य मात्र होइन सञ्चालक समितिका कोषाध्यक्ष, अध्यक्ष र कर्मचारीको क्यासियर पद गरि तीन वटा पदमा रहेर काम गरिरहेका छन् । एक भन्दा बढी पदमा बस्नु हुदैन भन्ने ज्ञान नभएर होइन कर्मचारीबाट भएको अनियमिततालाई ढाकछोप गर्न एउटै ब्यक्तिलाई तीन वटा जिम्मेवारी दिइएको नि बर्तमान सञ्चालक समिति अध्यक्ष दानुरु शेर्पा को भनाई छ ।


सञ्चालक समितिका अध्यक्ष दानुरु शेर्पाले आफुले अहिलेसम्म राजीनामा नदिएको बताएका छन् । तर उनलाई वडाका जनप्रतिनिधि र राजीतिक दलको दवावमा संस्थाको माइन्यूटमा निर्णय गराएर जिम्मेवारीबाट हटाई अध्यक्षको सम्पूर्ण कार्य सहकारीका क्यासियर समेत रहेका कर्मचारी हरिशंकर बस्नेतले गर्ने गरि निर्णय गरिएको छ । हरिशंकर भने दोहोरो कुरा गरिरहेका छन् । एकातिर आपूm अध्यक्ष भएको दावि गरिरहेका छन् भने अर्कोतिर आपूmलाई जबर्जस्ती अध्यक्षको जिम्मेवारी दिइएको बताइरहेका छन् । त्यतिमात्र हैन सहकारीको ऋण असुली समितिमा जनप्रतिनिधहरु नै बसेर ऋण असुली गर्ने ठेक्का लिएका छन् । कर्मचारी हरिशंकर बस्नेतले भने– वडा अध्यक्ष ज्यूहरु मुख्य जिम्मेवार बनेर ऋणीहरुको घरघरमा पुगेर ऋण असुली गर्ने र नतिरेमा वडा कार्यालयबाट पाउने सरकारी सेवा सुविधामा कटौती गर्छौ भन्नुभएको छ । तर उमाकुण्ड–२ कावडा अध्यक्ष खम्ब धोज बस्तेतले भने आपूmहरुले ऋण असुलीको जिम्मेवारी नलिएको र लिन नसकिने बताएका छन् ।
स्थानीय जनप्रतिनिधिहरु मात्र हैन प्रहरी चौकी बाम्ती र स्थानीय रेडियोलाई समेत ऋण असुली समितिमा संस्थागत सदस्य राखिएको छ । रेडियो कैरनका प्रतिनिधि जीवन घतानले भने आपूmलाई जानकारी नै नदिई ऋण असुली समितिमा राखिएको भन्दै आपत्ती जनाएको छ ।
सञ्चालक समितिका अध्यक्ष दानुरु शेर्पालाई पदबाट जबर्जस्ती हटाएपछि कर्मचारीबाट सहकारीको पैसा हिनामिना भएको भनि अरिख्यार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिए । उजुरीको आधारमा अख्यिार दुरुपयोग अनुसन्धान आयोगले उमाकुण्ड गाउँपालिकालाई अनियमिता भए नभएको बारेमा छानविन गर्न पत्र लेखेपछि गाउँपालिकाले छानविन समेत गरेको थियो । २०७७ साल माघ महिनामा गाउँपालिकाले ४ सदस्य समिति गठन गरि छानविन गर्दा सहकारीको कुल आम्दानी १२ करोड देखिएको र त्यस मध्य २ करोड १९ लाख १९ हजार रुपैयाँको हिसाबकिताब नरहेको प्रतिवेदन छानविन समितिले पेश गरेको गाउँपालिकाले जनाएको छ ।
बचत कर्ताहरुलाई बचत फिर्ता गर्न नसक्नुको मुख्य कारण कर्मचारीको मनोपली भएको पाइएको छ । कर्मचारीहरुले आपूmखुसी बैंकको चेक मार्फत लाखौं रुपैयाँ बजेट निकालेर अपचलन गरेको प्रमाण समेत फेला परेको छ । उक्त सहकारी संस्थाका ब्यवस्थापक दिनेशकुमार कार्कीेको नाममा २०७२ साल कार्तिक २९ गते रिलायबल डेभलपमेन्ट बंैक लिमिटेडको २० लाख रुपैयाँको चेक जारी गरिएको छ । मिति नखुलेको ५८८३०३ नम्बरको चेकबाट ब्यवस्थाक कार्की आफैले ४ लाख ४२ हजार रुपैयाँ निकालेको चेकको अर्धकट्टटीमा उल्लेख छ । २०७३ साल वैशाख १ गते लेखा संयोजक सूर्यबहादुर बस्नेतको नाममा २४ लाख रुपैयाँको चेक जारी भएको देखिएको छ । कर्मचारीले आपूmखुसी पैसा निकालेका मात्रै छैनन, संस्थाको पैसा ब्यक्तिलाई सापटी दिएको समेत पाइएको छ । सहकारीको पैसा रामबहादुर तामाङलाई ५० हजार रुपैयाँ सापटी दिएको चेकको अर्धकट्टिमा लेखिएको छ । ब्यवस्थापक कार्की भन्छन् ब्यापारी भएकाले काम चलाउन दिइएको हो । उनले भने कर्मचारीको लापर्बाही पनि यतिसम्म देखियो कि संस्था कर्मचारीको मनोपलीमा चलेको छ, संस्थाको पैसा नियम विपरीत सापटी दिएका छन् तर त्यही पैसा जम्मा गर्ने बचत कर्ताहरु आपूmले राखेको पैसा निकाल्न जाँदा पैसा नपाएर रुदै घर फर्किएका छन् ।


लेखा समिति संयोजक सूर्यबहादुर बस्नेतको नाममा २४ लाख रुपैयाँको चेक जारी भएको छ तर आपूmले पैसा माग नलिएको पनि लेखा समिति संयोजक बस्नेतले बताए । आपूm लेखा समिति संयोजक भएपछि अघिल्लो समितिले बजबुजारथ नगरेको कारण आपूmले उक्त सहकारीमा अहिलेसम्म लेखा सम्बन्धि कुनै पनि काम नगरेको बताए ।
अझ आश्चर्यको कुरा त के छ भने सहकारी संस्थाको चेक ब्यवस्थापक दिनेश कार्कीको एकल हस्ताक्षरमा सञ्चालन गरिएको छ । संस्थागत चेक एकजना ब्यक्तिको हस्ताक्षरमा सञ्चालन हुने गरि जारी गर्न नपाइने ब्यवस्था छ । तर, तत्कालीन रिलायबल डेभलपमेन्ट बैंक लिमिटेड हालको ग्लोबल आइएमई बैंक मन्थली शाखामा सहकारीको ब्यवस्थापक कार्कीको एकल हस्ताक्षर रहने गरि चेक जारी भएको छ । ब्यवस्थापक कार्कीले भने तेतिखेर हतारमा आफु एक जनाको नाममा खाता सञ्चालन गरियो यस्तो हुन्छ भन्ने थाहा भएन ।
बैंकले एकल हस्तारक्षरमा चेक जारी गरेर सहकारीको रकम हिनामिना गर्न कर्मचारीलाई सहयोग गरेको देखिएको नि बर्तमान अध्यक्ष शेर्पाले बताए । त्यती मात्र नभएर सहकारीले कार्यक्षेत्र भन्दा बाहिर विनाधितो ऋण लगानी गरेको उनको आरोप छ । शेर्पाले भने २०५६ सालमा स्थापना गरिएको नव बाम्ती भण्डार बहुउद्देश्यीय सहकारी संस्था लिमिलेटको कार्यक्षेत्र उमाकुण्ड गाउँपालिकाको ५ वटा वडा र गोकुलगंगा गाउँपालिकाको एउटा वडा गरि ६ वटा वडामा समेटिएको छ । उक्त सहकारी संस्थामा ३ हजार ६ सय बचत कर्ताहरु रहेका छन् भने संस्थाको कूल पूँजी १८ करोड रहेको छ । सहकारी संस्थाले आफ्नो कार्यक्षेत्रभित्र मात्रै ऋण लगानी गर्न पाउने ब्यवस्था रहेको तर नव बाम्ती भण्डार बहुउद्देश्यीय सहकारी संस्थाले धेरैजसो ठूलो रकमको ऋण कार्यक्षेत्र भन्दा बाहिर लगानी गरेको पाइएको बताए ।


गोकुलगंगा र उमाकुण्ड गाउँपालिका गरि ६ वटा वडाहरुमा कार्यक्षेत्र रहेको संस्थाले कार्यक्षेत्र बाहिरको छीमेकी वडा र छीमेकी जिल्ला मात्र हैन नेपालको तराईदेखि भारतको सिक्किमसम्म गैर कानूनी रुपमा ऋण लगानी गरेको छ ।
गाउँका गरिब निमुखा जनताले खाइनखाई जम्मा गरेको सहकारीको रकम कर्मचारीले आफ्नै खल्तीको पैसा सापटी दिए जसरी विनारेकर्ड विनाधितो ऋण लगानी गरिएको आरोप शेर्पाको छ । ऋण लगानी गर्दा ऋण लिने ब्यक्तिको कुनै रेकर्ड राखिएको छैन । भौचर र तमसुक नउठाई ऋणीको नागरिकता समेत नराखि ऋण दिइएको छ । उक्त सहकारीले कार्यक्षेत्र नाघेर गैर कानूनी रुपमा ऋण लगानी गरेको मात्र छैन, ऋण नै नलिएका, ऋण लिएर चुक्ता गरिसकेका ब्यक्ति र संस्थाको नाममा समेत ऋण देखाइएको छ ।
संस्थाको यो गैरजिम्मेवार काममात्र हैन चरम लपार्बाही हो । बाम्तीमा रहेको उमाकुण्ड नमूना बहुउद्देश्यीय कृषि फार्मले अहिलेसम्म कुनै पनि किसिमको ऋण नलिएको बताएका छन तर नब बाम्ती भण्डार बहुउद्देश्यीय सहकारी संस्थाले उक्त फार्मको नाममा ७ लाख ४४ हजार ५२ रुपैयाँ ऋण देखएको छ ।


सहकारीले ऋण लगानी गर्दा कर्मचारीले स्वविवेकले ३ लाख सम्म र ऋण समितिको निर्णयबाट अधिकतम १५ लाख रुपैयाँसम्म ऋण लगानी गर्ने सञ्चालक समितिको निर्णय छ । तर कर्मचारीले कार्यसमिति र ऋण समितिलाई समेत जानकारी नै नगरि एउटै ब्यक्तिलाई ३३ लाख रुपैयाँसम्म ऋण लगानी गरेको छ । सञ्चालक समिति र ऋण समितिका सदस्य रहेकाहरुले ऋण लिन नपाउने संस्थाको नियममा छ तर ऋण समिति संयोजक हेमन्त कुमार बस्नेत आफैले समेत ऋण लिएका छन् । संस्थाको विनियमा ऋण लिनको लागि संस्थालाई तिर्नुपर्ने बाँकी बम्यौला बाँकी हुन नहुने उल्लेख छ तर एउटै ब्यक्तिलाई पहिले लिएको ऋण भुक्तानी नगरि पटक पटक ऋण दिइएको छ ।
त्यतिमात्रै हैन ब्यवस्थापक दिनेशकुमार कार्किको परिवारका ७ जनाले ऋण लिइका छन् । संस्थाको हिसाब मिलान गर्न नसक्दा आर्थिक वर्ष २०७४÷०७५ यता संस्थाको साधारणसभा र अडिट समेत हुन सकेको छैन । आर्थिक वर्ष २०७४÷०७५ को लेखा परीक्षण प्रतिवेदनमा समेत आर्थिक अपरादर्शीता भएको भन्दै संस्थाका अध्यक्ष दानुरु शेर्पाले हस्तार गरेका छैनन् । ऋण लगानी गरेको निर्णय र अडिट गराउने सम्बन्धित निर्णयमा समेत कर्मचारीले किर्ते माइन्यूट गरेको पाइकाले आपूmले हस्ताक्ष नगरेको अध्यक्ष शेर्पाको भनाई छ ।
दानुरु शेर्पालाई अध्यक्ष पदबाट हटाएपछि वडा अध्यक्षहरुको अगुवाईमा उठ्न बाँकी ऋणहरु एक वर्षभित्र उठाई सक्ने र शेयर फिर्ता गर्न चाहने शेयर सदस्यहरुको शेयर समेत फिर्ता गर्ने निर्णय भएको रहेछ तर डेढ वर्ष वितिसक्दा पनि ऋण असुलीमा खासै प्रगति भएको छैन ।


सर्वसाधारण ब्यक्तिले लिएको ऋण केही बाहेक उठिसकेको छ । तर समाजको नेतृत्व गर्ने, पावर र पहुँचमा भएकाहरुले लिएको ऋण उठ्न नसको ब्यवस्थापक कार्कीको भनाई छ । संस्थालाई अप्ठ्यारो परेकाले राजनीतिज्ञ, समाजको प्रभूत्व ब्यक्ति नभनी ऋणीको नाम सार्वजनिक गर्ने ब्यवस्थापक कार्कीको भनाई छ । कर्मचारीबाट अपचलन भएको रकम चाहिँ कहिले जम्मा गर्नुहुन्छ त भन्ने प्रश्नमा नाजवाफ भएका कार्कीले आपूmहरुबाट गल्ती भएको स्वीकार गरेका छन् । गरिब दुःखि जनताको पैसा अपचलन गर्नेहरु उपर आफ्नो क्षेत्राधिकारभित्र रहेर तत्काल कारबाही प्रक्रिया अघि बढाउने उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले बताएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...