शिक्षक सहरकारीको नाफा ४ लाख

३० मंसिर २०८०, शनिबार

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा रहेको शिक्षक परोपकार वचत तथा ऋण सहकारी संस्थाले एक वर्षमा ४ लाख भन्दा बढी नाफा कमाउन सफल भएको छ । शनिवार मन्थलीमा सम्पन्न संस्थाको बाह्रौ साधारण सभामा कोषाध्यक्ष रामकुमार सुबेदीले आर्थिक प्रतिवेदन पेश गर्दै आर्थिक वर्ष २०७९ /८० मा ४ लाख १ हजार ८ सय ८५ रुपैया नाफा रहेको उल्लेख गरेका छन् ।

कोषध्यक्ष सुवेदीले १० लाख ८२ हजार ३ सय २३ रुपैया वरावरको आम्दानी र खर्च समेत प्रस्तुत गरेका छन् । साधारण सभामा सचिब कमला थापाले आफ्नो सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक वर्षमा ४१६ जना शिक्षक शेयर सदस्य रहेको मा आगामी बर्ष ५ सय शेयर सदस्य बनाउने लक्ष रहेको भन्दै आगामी वर्षको निति तथा कार्यक्रम प्रस्तुत गरिन् ।


संस्थामा सदस्य वन्ने शिक्षकहरुले ३ हजार बराबरको ३० कित्ता शेयर खरिद गर्नुपर्ने र प्रत्येक चौमासिकमा रु २ हजार नियमित बचत गर्नुपर्ने प्राबधान रहेको पनि सचिब थापाले जानकारी दिइन् । संस्थाका अध्यक्ष लक्षण कुमार घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाको उद्घाटन् गर्दै रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जगन्नाथ दाहालले जिल्लामा शिक्षकहरुको २ वटा छुट्टा छुटै सहकारी संस्था भएकोले तिनीहरुलाई मर्च गरेर एउटै बनाउन आग्रह गरेका छन् ।


सो अबसरमा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरे, शिक्षक संघ रामेछापका अध्यक्ष रामकृष्ण श्रेष्ठ, पूर्व अध्यक्ष नवराज घिमिरे, भूपु सैनिक वचतका अध्यक्ष केशव प्रसाद घिमिरे,मन्थली मावि का प्र अ टंक प्रसाद दाहाल लगाएतले आफ्ना बिचार राखेका थिए ।


कार्यक्रमका अबसरमा असल ऋणीको तर्फबाट शेयर सदस्यहरु क्रमश मोतिलाल लामा, नरदेवी थापा र युद्ध बहादुर जोगी एबं असल बचत कर्ताका तर्फबाट मेघ प्रसाद भट्टराई, टंकराज सुबेदी र अन्जु घिमिरे सुबेदी लाई सम्मान गरिएको थियो । कार्यक्रमको बन्द सत्रले आर्थिक तथा सांगठनिक प्रतिवेदन समेत पास गरेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा सञ्चालन गरिएको ७ दिने उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ। वडाका युवायुवतीहरूको क्षमता विकास तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा उद्घोषण गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको...

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

रामेछाप ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा...

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

मरिण गाउँपालिका–७ छापस्थित कपिलाकोट माध्यमिक विद्यालयमा ‘विद्यार्थीसँग जनप्रतिनिधि’ कार्यक्रम सम्पन्न भएको छ। मरिण गाउँपालिकाको आर्थिक सहयोगमा खाँडादेवी मिडिया ग्रुप प्रालिद्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विद्यालय र स्थानीय समस्याबारे प्रश्न राखेका...