शहीद गंगालाल र पुष्पलाललाई कम्युनिष्ट पार्टीले अपमान गर्यो स्थानिय

Written by meropradesh creator

२५ माघ २०७७, आईतवार

रामेछाप । राणा शासन अन्त्यका लागि लडेका शहीद गंगालाल र पुष्पलाल श्रेष्ठलाई सम्मान गर्नुको साटो नेपाल कम्युनिष्ट पार्टीले शहीदको जन्मभूमिलाई अपमान गरेको भंङगेरीका स्थानियहरुले गुनासो गरेका छन् ।
राणा शासन अन्त्यका लागि लडेका शहीद गंगालाल र पुष्पलालले राजनीतिक ब्यवस्था परिवर्तनको लागि पु¥याएको योगदानको सम्मान कम्युनिष्ट पार्टी रामेछाप र सिङ्गो राज्यले नै गर्न नसकेको रामेछापबासीको गुनासो रहेको छ । रामेछापको भंङगेरीस्थित तुल्सीदाश श्रेष्ठको घरमा वि.स. १९७५ साल चैत्र ३ गते गंगालाल श्रेष्ठको जन्म भएका थियो ।
शहीद गंगालाल जन्मिएको स्थान रामेछाप नगरपालिका वडा नं–८ भंङगेरीमा जहाँ अहिले सिस्नु घारिले ढाकिएको छ । शहीद गंगालाल र पुष्पलालको नाममा देशमा कम्युनिष्ट पार्टीले यत्ति ठूलो सफलता हात पार्यो । शहीदको नाम बेचेर अहिले देशमा दुई तिहाई सरकारसमेत गठन भएको तीनवर्ष बितिसक्दा पनि गंगालाल र पुष्पलालको जन्मभूमिमा राज्यको ध्यान पुग्न नसकेको रामेछाप नगरपालिका वडा नं–८ भङ्गेरीका नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
उनले भने– शहीद गंगालाल जन्मिएको भूमिमा भंङगेरीमा सिस्नु घारिले ढाकिनु शहीद प्रति अपमान भएको हो । शहीदको नाम बेचेर धेरै पटक कम्युनिष्ट पार्टीवाट धेरै नेताहरु मन्त्री र प्रधानमन्त्री समेत भए । उनीहरुले शहीदहरुलाई सम्झनुको साटो बिर्सदै गएको आरोप श्रेष्ठले लगाए ।
पुष्पलाल र गंगालाल पार्क निर्माण गर्ने भन्दै सरकारले भंङगेरीमा ५० रोपनी जग्गा अधिग्रहण गरेको छ । जग्गा अधिग्रहणपछि सरकारले स्थानीयलाई मुआब्जा रकम बितरण गरेको पनि एकवर्ष बितिसक्दा पनि अहिलेसम्म पार्क निमार्णको कामले गति लिन सकेको छैन् । अधिग्रहण गरिएको जग्गामा अहिले सिस्नु र बनमारा उम्रिएर ढाकेको छ ।


राजनीतिक पार्टीले गंगालाल र पुष्पलाललाई शहीद सप्ताहको अबसर पारेर वर्षमा एक पटक सम्झनु बाहेक केही नगरेको स्थानियहरुको आरोप छ । श्रद्धाञ्जली कार्यक्रममा पुगेका कम्युनिष्ट पार्टीका नेताहरुलाई स्थानियहरुले गंगालालको सम्मान हुन नसकेको गुनासो गरेका छन् । स्थानियहरुको भनाई सुन्ने र फर्कने बाहेक नेताहरुले केही नगरेको स्थानियहरु बताउँछन् ।
गंगालालको जन्मभूमि भंगेरीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके दैनिक हजारौं पर्यटकहरु भित्रयाउन सकिन्छ । शहीद गंगालाल र पुष्पलालको जन्मभूमि भंङगेरीमा जग्गा अधिग्रहण गरि अहिले त्यस क्षेत्रमा कम्पाउण्ड गाह्रो लगाउने काम भइरहेको छ । यसवाहेक शहीदको शालिक निमार्णको काम समेत सम्पन्न भइसकेकाले अब द्रुत गतीमा कामले गति लिने नेकपाको नेता एवं पूर्व सांसद देबशंकर पौडेलले जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध हुन्छ : सञ्चारमन्त्री गुरुङ

सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध हुन्छ : सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मेटा कम्पनीलाई सात दिनको अन्तिम अल्टिमेटम दिएका छन् । नेपालमा कानुनीरूपमा दर्ता नभए मेटामाथि प्रतिबन्ध लगाइने उनको चेतावनी छ । शुक्रबार राजधानीमा आयोजित राष्ट्रिय सूचना आयोगको विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा...

कांग्रेसले भन्यो – सरकार ढाल्ने हल्ला चलाएर अस्थिरता निम्त्याउने काम भइरहेको छ

कांग्रेसले भन्यो – सरकार ढाल्ने हल्ला चलाएर अस्थिरता निम्त्याउने काम भइरहेको छ

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सरकार ढाल्ने हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेको बताएका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै घिमिरेले कांग्रेस रहेसम्म वर्तमान सरकारलाई कुनै असर नपर्ने भन्दै सरकार ढाल्ने हल्ला चलाएर...

कदम पुरस्कार राजवंशी र हरिराम पुरस्कार जोशीलाई प्रदान गरिने

कदम पुरस्कार राजवंशी र हरिराम पुरस्कार जोशीलाई प्रदान गरिने

ललितपुर । जोशी रिसर्च इन्ष्टिच्यूटद्वारा यस वर्षको कदम पुरस्कार अभिलेखविद् डा.श्यामसुन्दर राजवंशी र हरिराम जोशी पुरस्कार– २०८१ अनुसन्धानकर्ता पद्मसुन्दर जोशीलाई प्रदान गरिने भएको छ । इन्ष्टिच्यूटले विहीबार पाटन दरबार क्षेत्रस्थित पाटन संग्रहालयमा एक समारोहको आयोजना...