शैलुङ्गको जनैपूर्णिमा मेला सुरु

Written by meropradesh creator

५ भाद्र २०७८, शनिबार

रामेछाप । रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिकामा रहेको पर्यटकीय क्षेत्र शैलुङ्गमा जनैपुर्णिमा मेला शुरुभएको छ । प्रकृतिको बरदानको रुपमा रहेको शैलुङ्गमा कोभिडकै बीचमा जनैपूर्णिमाको मेला सुरु भएको छ । जनैपूर्णिमा शैलुङ्गमा गुफा बस्ने धामी झाँक्री तथा पितृको नाममा बत्ती बाल्ने मानिसको भिड लाग्ने गर्दछ । यस बाहेक मेलामा घुम्न जानेको पनि त्यतिकै भिड देखिएको छ । कोरोना भाइरस (कोभिड–१९)का कारण अघिल्लो बर्ष जस्तो यस बर्ष मेलामा मानीसहरुको कम उपस्थिती रहेको दोरम्बा शैलुङ्ग गाउँपालिका अध्यक्ष कमानसिङ्ग तामाङ्गले जानकारी दिए । शैलुङ्गमा आफुलाई थाहा भए देखी मेला लाग्ने र हजारौंको संख्यामा पर्यटक भित्रने भएपनी यस बर्ष भने खासै पर्यटक नआएको अध्यक्ष तामाङ्गले बताए । पितृको नाममा बत्ती बाल्न विहिबार र शुक्रवार केहि भक्तजन भेला भएको थियो उहाँहरु फर्की सक्नुभएको छ , अध्यक्ष तामाङ्गले भने । अब गुफा बस्ने धामी झाँक्री छन । प्राकृतिक रुपमा बनेको सय थुम्काको अवलोकन गर्न र शैलुङ्गमा लाग्ने जनैपूर्णिमाको मेला भर्न बुधबारदेखि नै मानिसहरु भेला भएका छन् । निषेधाज्ञाकै बीचमा लागेको मेलामा रामेछाप सहित दोलखा, सिन्धुपाल्चोक, काभ्रे तथा काठमाडौं उपत्यकाका मानिस समेत पुगेका छन् ।
जनैपूर्णिमाको मेलामा हजारौँको संख्यामा भक्तजन भेला हुने शैलुङ्गमा गतवर्ष कोभिडको कारण खासै मानिस देखिएका थिएनन् । तर यस वर्ष भने मानिसहरु जम्मा हुने क्रम बढेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

हेटौंडा,- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिको बैठकले...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...