रामेछाप । सालकको २५ किलो खपटा सहित केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले रामेछापका दुइजनालाई प्रकाउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोली र जिल्ला प्रहरी कार्यालय रामेछापकाबाट खटिएको संयुक्त टोलीले मन्थली नगरपालिकाको देवकोटा चोकबाट उनीहरुलाई प्रकाउ गरेको हो । लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ३ बस्ने ३८ वर्षीय सोनाम तामाङ र सोही वडा बस्ने ३२ वर्षीय ध्यानबहादुर तामाङलाई नियन्त्रणमा लिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।
उनीहरूले झोलामा लुकाएर ल्याएको २५ किलो सालकको खपटा बरामद भएको अनुसन्धान ब्युरोका प्रवक्ता महतोले जानकारी दिए । ब्युरोका प्रवक्ता महतोका अनुसार यो मात्रा सम्भवत नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै बरामद भएको बताएका छन । प्रहरीले २५ किलोसम्मको खपटा निकाल्न धेरै सालक मारिएको हुनुपर्नेअनुमान गरेको छ । ७० देखि ८० वटा नेपाली सालकलाई मारेर खपटा निकालिएको अनुमान प्रहरीले गरेको छ । प्रवक्ता महतोका अनुसार पक्राउ गरिएको खपटा नेपाली सालक भएको खुलेको बताएका छन् ।
सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रामेछापसँगको समन्वयमा प्रहरीको टोलीले ठूलो मात्रामा सालकको खपटा पक्राउ गर्न सफल भएको हो । उनीहरूले लामो समयदेखि सुकाएर भण्डारण गरिराखेको सालकको खपटा बेच्न ग्राहक खोजिरहेको भन्ने सूचना पाएपछि प्रहरी संग समन्व्यगरी ब्युरोको टोली रामेछाप आएको थियो । देवकोटा चोकमा झोलामा खपटा लिएर पैदल हिडने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धान गर्न डिभिजन वन कार्यालय रामेछापमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाले बताए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार ५ लाखदेखि १० लाखसम्म जरिवाना, ५ वर्षदेखि १५ वर्षसम्म कैद सजाय वा दुबै हुनसक्ने कानुनी प्रावधान रहेको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...