राष्ट्रपतिसमक्ष आफु संग बहुमत भएको वली र देउवाको दाबी ंअफ्ठेरोमा राष्ट्रपति भण्डारी

Written by meropradesh creator

७ जेष्ठ २०७८, शुक्रबार

काठमाण्डौं । राष्ट्रपति बिद्यादेबी भण्डारी समक्ष आफु संग बहुमत भएको भन्दै नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा वली र नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले दाबी पेश गरेको छ । संविधानको धारा ७६(५) अन्तर्गतको सरकारका लागि दुबै नेताले आफूसँग बहुमत रहेको दाबी गर्दै सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालय शीतल निवासमा बुझाएका छन् । एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा वलीले एमाले (१२१) र जसपा (३२) मिलाएर १५३ जना सांसदको हस्ताक्षर राष्ट्रपति भण्डारी समक्ष बुभाएका छन । त्यसैगरी नेपाली कांग्रेसका सभापती देउवाले कांग्रेस (६१), नेकपा (माओवादी केन्द्र) (४९), जसपा (उपेन्द्र–बाबुराम समूह) (१२) र एमाले माधव नेपाल समूह (२७) मिलाएर १४९ सांसदको हस्ताक्षर बुझाएका छन्।
यद्यपि ओलीको १५३ र देउवाको १४९ संख्या जोड्दा कुल सांसद संख्या ३०२ पुगेको छ तर प्रतिनिधिसभामा जम्मा २७१ सांसद छन् । जसमा हस्ताक्षर हुन सक्ने सांसद संख्या २६६ मात्र छ । राष्ट्रपति कार्यालयमा दुबै पक्षको हस्ताक्षरबाट कुल संख्याभन्दा ३६ संख्या बढी देखिएको छ । संसदमा अहिले (कांग्रेस २÷जसपा २) ४ जना सांसद निलम्बित छन् । ओवादीबाट अग्निप्रसाद सापकोटा सभामुख छन् । यस हिसाबले हस्ताक्षर योग्य कुल संख्या २६६ मात्रै हुन्छ । एक सिट रहेको नेपाल मजदुर किसान पार्टीले अहिलेसम्म कतै पनि हस्ताक्षर गरेको छैन । जस अनुसार ३५ सांसदको कीर्ते वा अन्य प्रयोजनको हस्ताक्षर राष्ट्रपति कार्यालयमा पुगेको छ ।
कसलाई वैधानिकता दिने भनेर अहिले सबैभन्दा अफ्ठेरोमा परेकी छन् राष्ट्रपति विद्यादेवी भण्डारी । त्यसैले होला भण्डारीले कानुनविद्सँग छलफल गर्ने निर्णय गरेकी छन् र आजै टुंगोमा पुग्न नसकिने सन्देश पनि प्रवाह गरेकी छन्।
संविधान र कानुनका जानकार भने राष्ट्रपतिसँग दुईटा विकल्प रहेको बताउँछन् । पहिलो त हस्ताक्षरमा विवादित देखिएका सांसदलाई मात्रै बोलाएर सनाखत गर्ने, दोस्रो भनेको सबैलाई बोलाएर ठाउँको ठाउँको पहिचान गर्ने ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै सभापति देउवालाई ध्यानाकर्षण पत्र

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै सभापति देउवालाई ध्यानाकर्षण पत्र

रामेछाप । नेपाली काँग्रेस रामेछापका सभापतिको कार्यशैलीको विरोध गर्दै पदाधिकारीहरूले सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएको छ । ऊर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्रीसमेत रहेका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले कार्यकालको सुरुवातीदेखि नै...

गौरीशङ्कर माविको ६१ औँ वार्षिकोत्सव

गौरीशङ्कर माविको ६१ औँ वार्षिकोत्सव

रामेछाप । गौरीशङ्कर माध्यमिक विद्यालयले ६१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला आयोजना गरेको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयले आयोजना गरेको अभिभावक भेलामा शिक्षक तथा विद्यार्थीले विभिन्न प्रतिभा प्रस्तुत गरेका छन् । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै रामेछाप...

मन्थली नगर कप महिला तर्फको उपाधि भटौलीले हात पार्‍यो

मन्थली नगर कप महिला तर्फको उपाधि भटौलीले हात पार्‍यो

मन्थली । मन्थली नगर खेलकुद विकास समितिको आयोजनामा फागुन ३ गतेदेखि सुरु भएको प्रथम महिला नगर भलिबलको उपाधि मन्थली नगरपालिका वडा नं ७ भटौलीले जितेको छ । बुधवार भएको फाइनल खेलमा वडा नं १३ फुलासीलाई पराजित गराउँदै भटौलीले प्रथम महिला भलिबलको उपाधि जितेको हो ।विजेता...