रामेछाप । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रामेछाप जिल्ला मा सुरु भएको मतगणनाको प्रारम्भिक नतिजामा उज्यालो नेपाल पार्टी का उम्मेदवार दीपकुमार योञ्जन ले सुरुवाती अग्रता लिएका छन् ।
सदरमुकाम मन्थली स्थित मतगणना स्थलबाट प्राप्त प्रारम्भिक विवरण अनुसार योञ्जनले ८९५ मत प्राप्त गरेका छन् । त्यसैगरी नेपाली कम्युनिस्ट पार्टी का उम्मेदवार श्यामकुमार श्रेष्ठ ले ७६२ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन्। नेपाली कांग्रेस का उम्मेदवार रामचन्द्र खड्का ले २९८ मत प्राप्त गरेका छन्।
यस्तै नेकपा (एमाले) का उम्मेदवार माधव ढुंगेल ले २२० मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार कृष्णहरि बुढाथोकी ले १५७ मत प्राप्त गरेका छन्। मेछापमा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको छ। मतगणना जारी रहेकाले आगामी परिणाममा परिवर्तन आउने सम्भावना रहेको निर्वाचन कार्यालयले जनाएको छ।









