रामेछापमा तयार हुँदै निर्वाचन प्रहरी


मेरो प्रदेश डेक्स
माघ २६, मन्थली
निर्वाचन सुरक्षामा खटिने निर्वाचन प्रहरी अर्थात म्यादी प्रहरीहरु  अहिले आन्तरिक तयारीमा व्यस्त छन् । जिल्ला प्रहरी कार्यालय रामेछापले लिएको परीक्षामा उत्तीर्ण एवं छनौट भएका १३ सय ३३ जना म्यादी प्रहरीहरु शरिरीक र मानसिक प्रशिक्षण तथा अभ्यासमा व्यस्त भएका हुन् । म्यादी प्रहरीहरुलाई जिल्ला प्रहरी कार्यालयले तालिम प्रदान गरिरहेको छ । तालिम पश्चात् उनीहरु निर्वाचनको सुरक्षामा परिचालन हुनेछन् ।
कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक राजनप्रसाद तिम्लसिनाले छनौट भएका निर्वाचन प्रहरीका लागि माघ १८ गतेदेखि तालिम सुरु गरिएको बताउनुभयो । १० दिने उक्त तालिम सकिएपछि निर्वाचन प्रहरीहरुलाई  फिल्डमा खटाइने उहाँले जानकारी दिनु भयो । तालिममा निर्वाचनमा खटिँदा पालना गर्नुपर्ने नियम, काम, कर्तव्य सम्बन्धि सैद्धान्तिक र व्यवहारिक रुपमा जानकारी प्रदान भईरहेको छ । त्यसैगरी निर्वाचनमा सम्भावित घटना तथा चुनौतीको सामना र त्यसको व्यवस्थापन गर्न पूर्वतयारीका लागि अभ्यास समेत गराउने कार्य भईरहेको प्रहरी प्रवक्ता तिमलिसिनाले बताउनुभयो । निर्वाचन  प्रहरीले फिल्डमा खटिएपछि त्रुटिरहित तवरबाट कार्यसम्पादन गर्नका लागि तालिम अपरिहार्य रहेको छ । निर्वाचनलाई भयरहीत, मर्यादित र शान्तिपूर्ण बनाउन निर्वाचन प्रहरीले अन्य सुरक्षाकर्मीसँगै तोकिएअनुरुपको भूमिका निर्वाह गर्ने छन् । उनीहरुको भूमिका मतदान केन्द्र, मतपत्र सुरक्षा, मतदाताको सुरुक्षा लगायत निर्वाचनको सुरक्षाका लागि हुने प्रहरी प्रवक्ता तिमलसिनाले जानकारी दिनु भयो । 

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...