रामेछाप— रामेछाप नगरपालिका–८ स्थित टुडिखेलमा सम्पन्न आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा यस वर्ष गौरीशङ्कर माध्यमिक विद्यालय रामेछाप समग्र च्याम्पियन बनेको छ । तीन दिनसम्म चलेको प्रतियोगितामा विद्यालयले उत्कृष्ट खेलकुद प्रदर्शन र सर्वाधिक पदक जित्दै सबैको ध्यान आकर्षित गर्न सफल भयो ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित रामेछाप नगरपालिका र नगर खेलकुद विकास समितिको संयोजनमा मङ्सिर ११ गतेदेखि सुरु भएको प्रतियोगिता मङ्सिर १३ गते भव्य रूपमा सम्पन्न गरिएको थियो । रामेछाप नगरका १३ वटा माध्यमिक विद्यालयहरूको उत्साहपूर्ण सहभागितामध्ये गौरीशङ्कर माविले विभिन्न खेल विधामा अव्वलता कायम राख्दै समग्र उपाधि उचाल्न सफल बन्यो ।
टेक्वान्दोमा विद्यालयले ७ स्वर्ण, ५ रजतसहित १२ पदक जित्दै अग्रस्थानमा रह्यो । यसै विधामा शारदा संस्कृत मावि बाबियाखर्कले ११ पदक र मावि भङ्गेरीले ८ पदक हात पा¥यो । जनता माविले ३ पदकसहित सान्त्वना स्थान हासिल ग¥यो ।
उसुतर्फ पनि गौरीशङ्कर माविले उत्कृष्टता दोहो¥याउँदै ८ स्वर्ण, २ रजत र ३ कास्य पदक जितेर पहिलो स्थान कायम राख्यो । मावि भङ्गेरीले ३ रजत र १ कास्य प्राप्त ग¥यो । कराँते खेलमा भने जनता माध्यमिक विद्यालयले ७ स्वर्ण, ७ रजत, ६ कास्यसहित २० पदक जित्दै पहिलो स्थानमा रह्यो । गौरीशङ्कर माविले १४ पदक र मावि भङ्गेरीले ६ पदक प्राप्त गरे । कबड्डीतर्फ छात्र समूहमा चण्डेश्वरी मावि गोठगाउँ प्रथम, हिमगङ्गा मावि द्वितीय तथा जनकल्याण र गौरीशङ्कर मावि तृतीय बने । छात्रातर्फ पनि चण्डेश्वरी माविले नै प्रथमस्थान हात पा¥यो । जनता मावि कोलञ्जोर द्वितीय बने भने शारदा संस्कृत मावि बाबियाखर्क र महारुद्र मावि बोलङबोलङ तृतीय स्थानमा रहे । भलिबलतर्फ छात्र तथा छात्रा दुवै समूहमा हिमगङ्गा माध्यमिक विद्यालयले अव्वल स्थान सुरक्षित ग¥यो । छात्रतर्फ जनता मावि द्वितीय बने भने रेणुकादेवी र कालिका माविले तृतीय स्थान साझा गरे । छात्रातर्फ चण्डेश्वरी मावि द्वितीय र गौरीशङ्कर तथा जनकल्याण माविले तृतीय स्थान बाँडे ।
समापन समारोह रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भयो । कार्यक्रममा उपप्रमुख बालकुमारी कार्की ‘थापा’, प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईं, राजनीतिक दलका प्रतिनिधि, विद्यालयका प्रमुख तथा विभिन्न सामाजिक सङ्घ–संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । विजेता विद्यार्थीहरूलाई प्रमुख अतिथिसहित बिभिन्न व्यक्तित्वहरूले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरे ।
कार्यक्रमका अध्यक्ष तथा नगर खेलकुद विकास समितिका संयोजक केदार कार्कीले प्रतियोगितालाई सफल बनाउन योगदान पु¥याउने सबैप्रति आभार व्यक्त गर्दै विद्यालयस्तरमै खेलकुदको विकासलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
आयोजकका अनुसार, तीन दिनसम्मको प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ । सहभागी विद्यालयहरूको भनाइमा, यसपटकको प्रतियोगिताले विद्यार्थीहरूको शारीरिक, मानसिक र सामाजिक क्षमताको विकासमा सकारात्मक प्रभाव पारेको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...









