रामेछापमा श्रृखलाबद्ध चोरी–प्रहरी भन्छ अनुसन्धानमै छौं

Written by meropradesh creator

१५ भाद्र २०७८, मंगलवार

रामेछाप । सदरमुकाम मन्थलीमै पछिल्लो तीनदिन भित्र एकदर्जन घर श्रृखलाबद्ध तरिकाले चोरी भएका छन् । मन्थलीमा मात्रै एकैदिन (आइतवार) राती ७ वटा घरमा चोरी भएको हो । प्रहरीको तालुके अड्डा नजिकै मन्थली नगरपालिका वडा नं १ मच्छेडाँडीका शिक्षक टंकप्रसाद सुबेदीको घरमा चोरी भएको छ । उनी परिवार सहित उपचारको लागि काठमाण्डौं गएको मौका छोपी चोरले घरको ताल्चा फुटाएर घरभित्र रहेको करिव ७ तोला सुन, १ लाख ५० हजार नगद लगाएतका सामाग्रीहरु चोरी गरेर लगेका छन् ।
चोरहरुको समुहले सोही दिन मन्थली नगरपालिका वडा नं १ कै जिबेन्द्र प्रसाद घिमिरेको घर समेत चोरी गरेका छन् । सुवेदीको घरवाट पनि चोरहरुले सुन, नगद लगाएतका सामानहरु लगेका छन् । त्यसैगरी चोरहरुले मन्थली नगरपालिका वडा नं ५ सुनारपानीमा ६ वटा घर चोरेका छन् । सुनारपानीमा व्यवसाय संचालन गर्दै आएका राजेन्द्र कार्कीको पसलवाट २ लाख नगद र पसलका सामानहरु चोरी भएको छ । त्यस्तै सोही वडाका सुमन कार्की र झम्क कार्की लगाएत ६ वटा घरहरुमा चोरहरु भित्र पसि भएको नगद र सुन, चाँदीका गरगघहना चोरी गरेर फरार भएका छन् ।
यसरी दैनिक रुपमा चोरीका घटना बृद्धि हुँदै जादा समेत प्रहरीले अहिलेसम्म कुनै पनि चोर पक्राउ गर्न भने सकेको छैन् । सदरमुकाम मन्थली वरपर नै दैनिक रुपमा चोरीका घटना बढ्दै गएपछि अधिकासं नागरिकहरुमा त्रास बढेको छ । मन्थली १ मच्छेडाँडीका शिक्षक सुबेदीको घर वरवर एकदर्जन घरहरु छन् । त्यस्तो घना बस्ती भएको स्थानमा पनि चोरी हुनु भनेको ज्यादै डरलाग्दो अवस्था भएकाले सबै नागरिकहरु त्रसित हुनु परेकोे मन्थली नगरपालिका वडा नं १ मच्छेडाँडीका ध्रुबप्रसाद सुबेदीले जानकारी दिए ।
उनले भने– अहिले दैनिक जसो चोरीका घटनाहरु भइरहेका छन् । यसवाट समाजमा एक किसिमको त्रास सिर्जना भएको छ । लगातार रुपमा चोरी भएपछि प्रहरीले पनि यस बिषयमा तदारुकताका साथ चोरीमा संलग्न अपराधीलाई प्रक्राउ गरेर सार्वजनिक गर्ने र पिडीतलाई उचित किसिमको क्षतिपूर्तिको तत्काल व्यवस्थापन गर्नुपर्ने बताए ।
एकहप्ता अघि जिल्लाको गोकुलगंगा गाउँपालिकाको ठोसे, रस्नालु, नामाडी, बेताली र र्फपुमा समेत चोरीका घटनाहरु भएका थिए । सो घटनालाई लिएर विभिन्न संचारमाध्यममा समाचारहरु आएपछि प्रहरीले सुराकीको आधारमा केही चोरहरुलाई पक्राउ गर्न सफ भएको छ । ती चोरहरु अहिले प्रहरीको खोरमा पुगेका छन् । अन्य चोरहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
चोरीको बिषयमा के भन्छ– प्रहरी
पछिल्लो केही दिन यता चोरीका घटनाहरु जिल्लामा बृद्धि हुँदै गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रींशकर श्रेष्ठले जानकारी दिए । उनले भने– चोरीका घटनाहरु बढेका छन् । केही चोरीका घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धानमा छौ । बाँकी चोरीका घटनाहरु मध्ये अहिलेसम्म १ (एक) वटा मात्रै निवेदन प्रहरी कार्यालयमा परेको छ । अन्य घर चोरी भएका पिडीतले मौखिक रुपमा घटनाको बिषयमा जानकारी गराएका छन् । प्रहरी चोरी गर्ने समुहलाई प्रक्राउ गर्न प्रयासरत रहे पनि अहिलेसम्म फेला भने पार्न नसकेको प्रवक्ता श्रेष्ठ बताउँछन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...

संविधान संशोधनलाई हल्का रूपमा लिनु देशका लागि घातक : गगन थापा

संविधान संशोधनलाई हल्का रूपमा लिनु देशका लागि घातक : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधनजस्तो संवेदनशील विषयलाई हल्का रूपमा लिनु देशका लागि घातक हुन सक्ने बताएका छन्। उनले संविधान संशोधन आवश्यक भए पनि त्यसका संवेदनशील पक्षलाई गम्भीरतापूर्वक बुझेर मात्र अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्।...