रामेछापमा सामुदायिक विकास समाजद्वारा वार्षिक समीक्षा तथा रोजगारदाता संस्थालाई सम्मान

रामेछाप । सामुदायिक विकास समाज (सिडीएस) रामेछापले आइतबार नागरिक अगुवा, संघ–संस्थाका प्रतिनिधि र सरोकारवालासँग समन्वय गर्दै वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । साथै सो अवसरमा शनिबार निजी क्षेत्रका रोजगार प्रदायक संस्थाका प्रतिनिधिहरूसँग छलफल गर्नुका साथै उनीहरूलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा परियोजनाको प्रगति, आगामी कार्ययोजना र प्रभावकारिताबारे विस्तृत समीक्षा गरिएको थियो ।
चाइल्ड नेटवर्ग जर्मनीको सहयोगमा सामुदायिक विकास समाजले रामेछाप जिल्लाका मन्थली नगरपालिका, खाँडादेवी गाउँपालिका र सुनापति गाउँपालिकामा “प्राविधिक तथा व्यवसायिक सीप र कृषि तालिममार्फत रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवद्र्धन परियोजना” सञ्चालन गरिरहेको छ । सन् २०२२ सेप्टेम्बर १ देखि सुरु भएको यो परियोजना २०२५ डिसेम्बर ३१ सम्म सञ्चालन हुने तय गरिएको छ । परियोजनाको मुख्य उद्देश्य बेरोजगार युवाहरुलाई सीप र तालिममार्फत आत्मनिर्भर बनाउने, रोजगारीका अवसर सिर्जना गर्ने र स्थानीय तहमा उद्यमशीलताको संस्कृति विकास गर्ने रहेको जनाएको छ ।
परियोजनाको माध्यमबाट रामेछाप जिल्लाका युवाहरुलाई विभिन्न प्राविधिक तथा व्यवसायिक तालिम प्रदान गरिएको छ । अहिलेसम्म एक हजार दुई सयभन्दा बढी युवाले परियोजनाबाट प्रत्यक्ष लाभ लिइसकेका छन् । तीमध्ये धेरैजना आफ्नै व्यवसाय सुरु गरी आत्मनिर्भर बन्दै गएका छन् । परियोजनाले सीप सिकेका युवाहरुलाई उद्यम स्थापनाका लागि आवश्यक परामर्श, तालिमपछि रोजगारमा जडान तथा कृषिमा व्यावसायिक अभ्यासको अवसर समेत प्रदान गर्दै आएको छ ।
यसैगरी, परियोजनाले ४२ जना अनुभवी कृषकलाई ‘मास्टर फार्मर’का रूपमा तयार पारी उनीहरूलाई नमूना कृषकका रूपमा स्थापित गर्ने कार्य समेत अघि बढाएको छ । उनीहरू मार्फत स्थानीय स्तरमा आधुनिक कृषि प्रणाली र प्रविधिको प्रयोग बढाउने अभियान चलाइएको छ । त्यस्तै, २१ वटा उद्यमी तथा कृषक समूह गठन गरी तिनलाई बचत, ऋण, बजार पहुँच र व्यवस्थापन क्षमताको अभिवृद्धिमा सहयोग पुर्याइएको छ ।
वार्षिक समीक्षा कार्यक्रम सामुदायिक विकास समाजका संस्थापक अध्यक्ष मिलन घिसिङले संस्थाको लक्ष्य, उद्देश्य र स्थापना पछिका उपलब्धिहरूबारे जानकारी गराएका थिए भने परियोजना प्रमुख उत्तम ढुंगनाले चालु वर्षको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा परियोजनाले युवाहरुलाई सीपमूलक तालिम, कृषि विकास, उद्यम प्रवद्र्धन, महिला सशक्तीकरण र आत्मरोजगारी सिर्जनामा गरेको योगदानका तथ्यांक समेटिएका थिए ।
कार्यक्रममा सरोकारवालाहरूले परियोजनाको प्रभावकारिताबारे आफ्ना विचार राख्दै संस्थाको कामको प्रशंसा गरेका थिए । उनीहरूले बेरोजगार युवालाई सीप प्रदान गरी आत्मनिर्भर बनाउने कामलाई आगामी वर्षहरूमा अझ विस्तार गर्नुपर्ने सुझाव दिएका थिए । सहभागीहरूले एसडीएसले ल्याएको “सीप सिकौं, रोजगारी सिर्जना गरौं” अभियानले रामेछापका ग्रामीण युवाको जीवनस्तर परिवर्तनमा ठोस प्रभाव पारेको उल्लेख गर्दै निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । सामुदायिक विकास समाजले परियोजनामार्फत विशेष गरी १६ देखि ३५ वर्ष उमेर समूहका बेरोजगार युवा, महिला, दलित, जनजाति र सीमान्तकृत समुदायका व्यक्तिलाई लक्षित गरेको छ । स्थानीय तहसँगको सहकार्यमा सञ्चालन भइरहेको यस कार्यक्रमले गाउँस्तरमा सीप विकास, उद्यम प्रवद्र्धन र दीर्घकालीन रोजगार योजनाको तयारीमा सहयोग पु¥याइरहेको छ । कार्यक्रमका सहभागीहरूले सामुदायिक विकास समाजले रामेछाप जिल्लामा सीपमूलक रोजगारी सिर्जना र उद्यमशीलता प्रवद्र्धनमा उदाहरणीय भूमिका खेलेको भन्दै संस्थाको कार्यप्रति प्रशंसा व्यक्त गरेका थिए । उनीहरूले यस किसिमको परियोजनाले गाउँ गाउँमा रोजगारीका अवसर विस्तार गर्न र युवा पलायन रोक्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

काठमाडौं । नेपालका दुई नदीको संगम क्षेत्रमा ठूलो ताल बनेपछि त्यसको पानी बाहिरिएर बाढीको जोखिम बढेको छ । चीनको जलस्रोत मन्त्रालयले ताल फुट्ने जोखिम उच्च रहेको भन्दै आगामी तीन दिनलाई विशेष सतर्कताको अवधि मानेर निगरानी बढाएको जनाएको छ । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल...

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

रसुवा । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रबाट नेपाली सेनाले ४५ जना विदेशी नागरिकसहित ३३६ जनाको हवाई उद्धार गरेको छ । नेपाली सेनाका अनुसार बिहीबार बिहानदेखि १२ः३० बजेसम्म टिमुरे, धुन्चे र मैलुङ क्षेत्रबाट हेलिकप्टरमार्फत ३३६ जनाको सफल उद्धार गरिएको हो ।...

बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो, सुरक्षाकर्मी उद्धार र खोजीमा सक्रिय

बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो, सुरक्षाकर्मी उद्धार र खोजीमा सक्रिय

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या २७० पुगेको छ । बिहीबार दिउँसो १ः३० बजेसम्म विभिन्न जिल्लामा बाढीका कारण मृत्यु भएका २७० जनाको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा १०८,...