रामेछापमा निर्वाचनको तयारी तीव्र

आसन्न निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालय रामेछापले आवश्यक तयारीलाई तीव्रता दिएको छ। जिल्ला निर्वाचन अधिकारी नारायण लामीछानेका अनुसार जिल्लामा मतदान अधिकृत २३०, सहायक मतदान अधिकृत २३०, अन्य कर्मचारी ६८४ र सहयोगी कर्मचारी १३० गरी कुल १ हजार ३७४ जना कर्मचारी आवश्यक पर्नेछन्। उहाँले संघ, प्रदेश र स्थानीय तहका कर्मचारी तथा शिक्षकसमेत गरी २ हजार ७४ जनाको विवरण सङ्कलन गरी मुख्य निर्वाचन अधिकृतसमक्ष पठाइसकिएको जानकारी दिनुभयो। सोही सूचीबाट आवश्यक कर्मचारी छनोट गरिनेछ।समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत अस्थायी मतदाता नामावली सङ्कलन कार्य सम्पन्न भएको छ।

जिल्लामा २ हजार ४२२ जना अस्थायी मतदाता रहेका छन्। तीमध्ये कारागारमा रहेका १९ जना मतदाता पनि समावेश छन्। आयोगले अस्थायी मतदानका लागि दुई केन्द्र तोकेको छ। एक केन्द्र कारागारभित्र र अर्को सघन सहरी तथा भवन निर्माण कार्यालय परिसरमा सञ्चालन गरिनेछ।

निर्वाचन सामग्री व्यवस्थापनअन्तर्गत आवश्यक सामग्री आयोगबाट प्राप्त भइसकेको र मतपत्र भोलि आइपुग्ने जानकारी प्राप्त भएको जिल्ला निर्वाचन अधिकारी लामीछानेले बताउनुभयो। मतदाता शिक्षा कार्यक्रमसमेत सञ्चालनमा रहेको छ। अनुगमनकर्ता, स्वयंसेवक तथा समन्वयकर्तामार्फत मतदाता शिक्षासम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ। मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको अन्तिम सूची प्राप्त भएपछि फागुन १२ देखि १४ गतेसम्म मन्थलीमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने तयारी गरिएको छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य भइरहेको उहाँले जानकारी दिनुभयो। जिल्लामा रहेका १७ उम्मेदवारमध्ये हालसम्म ११ जनाले निर्वाचन खर्चका लागि बैंक खाता खोलिसकेको जनाइएको छ। आयोगको निर्देशनअनुसार सबै उम्मेदवारले बैंकिङ माध्यमबाट मात्र खर्च गर्नुपर्ने व्यवस्था गरिएको छ।मतगणना स्थल व्यवस्थापनको तयारीसमेत अघि बढाइएको छ। विगतझैँ यसपटक पनि मतगणना माथिल्लो कार्यालयमै गर्ने योजना रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...