रामेछापमा निर्वाचनको तयारी अन्तिम चरणमा

ईश्वर बिश्वकर्माः रामेछापमा प्रतिनिधि सभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । एक प्रतिनिधि सभा रहेको जिल्लामा सुरक्षित, सहज र सफलतापूर्वक निर्वाचन सम्पन्न गर्नको लागि अन्तिम तयारी भइरहेको हो ।
जिल्ला निर्वाचन कार्यालय प्रमुख, निर्वाचन अधिकारी नारायण लामीछानेले निर्वाचन घोषणा भएदेखि नै विभिन्न चरणमा सुरु गरिएको तयारी निर्वाचन आउन पाँच दिन बाँकी रहँदा अन्तिम चरणमा पुगेको बताए ।
उनका अनुसार निर्वाचन कार्यालय र सम्बन्धित कार्यालयहरूले मतदान पूर्व गर्नुपर्ने तयारी तीव्र गतिमा गरिरहेका छन्। यस अन्तर्गत मतदान केन्द्रमा निर्वाचन सम्बन्धी सामाग्री व्यवस्थापन, कर्मचारी र सुरक्षाकर्मी खटनपटन लगायतका कार्य सुरु हुँदै छ । केन्द्रमा तालिम प्राप्त मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी तथा सहयोगी कर्मचारीलाई निर्वाचन सामाग्री सहित खटाइने निर्वाचन अधिकारी लामिछानेले बताए ।
मतदान केन्द्रमा खटिएका कर्मचारीको भूमिका निर्वाचनमा स्वच्छता, निष्पक्षता र विश्वासनीयता कायम गराई मतदान सम्पन्न गराउने हो । सम्पूर्ण कर्मचारीलाई नियूक्ति पत्रसँगै निर्वाचन सामग्रीहरु हस्तान्तरण गरी पठाइदै छ । उनीहरुले फागुन १८ गते भित्र तोकिएको केन्द्रमा पुगेर आ–आफ्नो जिम्मेवारीको कार्य सम्पादन गर्ने छन् । उनले भने “फागुन २० गतेसम्म मतदान पूर्व गर्नुपर्ने सबै तयारी पूरा भई २१ गते निर्वाचन उत्साहका साथ सम्पन्न हुने छ ।”
खटिएका कर्मचारीले आफ्नो राजनीतिक आस्थालाई बिर्सिएर निष्पक्ष र भयमुक्त वातावरण कायम राख्दै मतदाताले स्वतस्फूर्त मतदान गर्न पाउने व्यवस्था मिलाउने र लक्ष्यअनुरुप निर्वाचन सफल हुनेमा सबैलाई विश्वस्त रहन उनले अनुरोध गरे । जिल्लामा मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित १ हजार ३ सय ७४ जना कर्मचारी खटिदै छन् ।

यसैगरी निर्वाचनका लागि मतदातालाई दक्ष बनाउने र बदर मत न्यूनीकरण गर्ने उद्धेश्ययले सञ्चालित मतदाता शिक्षा कार्यक्रम जारी रहेको निर्वाचन अधिकारी लामिछानेले बताए । जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले निर्वाचनमा अवाञ्छित तथा आपराधिक गतिविधि हुन नदिन भरपर्दो सुरक्षा प्रबन्ध मिलाइएको सुनाए । उनका अनुसार जिल्लामा दुई हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
निर्वाचनको अन्तिम तयारी भईरहेको बेला उम्मेदवाहरु भने मतदाता फकाउने अन्तिम कसरतमा जुटेका छन् । १८ गते बेलुकादेखि नै मौन अवधि सुरु हुने र प्रचारप्रचारको अवधि दुई दिन मात्र रहेकोले उम्मेदवारहरुले प्रचारप्रसारलाई तीव्र बनाएका हुन् । जिल्लामा राजनीतिक दल र स्वतन्त्र गरी १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सबै उम्मेदवाहरुले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, सडक, पुल लगायतका विषयवस्तुलाई चुनावी एजेण्डा बनाएका छन् । जिल्लामा एक लाख ८७ हजार ९ सय ५२ जनाले मतदान गर्दै छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

काठमाडौं । नेपालका दुई नदीको संगम क्षेत्रमा ठूलो ताल बनेपछि त्यसको पानी बाहिरिएर बाढीको जोखिम बढेको छ । चीनको जलस्रोत मन्त्रालयले ताल फुट्ने जोखिम उच्च रहेको भन्दै आगामी तीन दिनलाई विशेष सतर्कताको अवधि मानेर निगरानी बढाएको जनाएको छ । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल...

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

रसुवा । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रबाट नेपाली सेनाले ४५ जना विदेशी नागरिकसहित ३३६ जनाको हवाई उद्धार गरेको छ । नेपाली सेनाका अनुसार बिहीबार बिहानदेखि १२ः३० बजेसम्म टिमुरे, धुन्चे र मैलुङ क्षेत्रबाट हेलिकप्टरमार्फत ३३६ जनाको सफल उद्धार गरिएको हो ।...

बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो, सुरक्षाकर्मी उद्धार र खोजीमा सक्रिय

बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो, सुरक्षाकर्मी उद्धार र खोजीमा सक्रिय

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या २७० पुगेको छ । बिहीबार दिउँसो १ः३० बजेसम्म विभिन्न जिल्लामा बाढीका कारण मृत्यु भएका २७० जनाको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा १०८,...