रामेछापमा शुक्रबार बिहान ४ बजे नै मतपेटिकाहरू गणनास्थलमा ल्याइएको भए तापनि हालसम्म मतगणना कार्य भने सुरु हुन सकेको छैन। अहिले निर्वाचन अधिकृत, सुरक्षा निकायका प्रमुख र प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूबीच मतगणनाको प्रक्रिया र विधिबारे सहमति जुटाउन सर्वदलीय बैठक बसिरहेको छ। उक्त बैठकमा ठोस सहमति जुट्ने बित्तिकै गणना कार्यलाई तत्काल अगाडि बढाइने तयारी गरिएको छ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...









