रामेछापको मन्थली माविमा फागुन १२ गतेदेखि सञ्चालित मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूको तालिम बिहीबार सम्पन्न भएको छ।जिल्ला निर्वाचन अधिकारी नारायण लामिछानेका अनुसार उक्त तालिममा २३० मतदान अधिकृत र २३० सहायक गरी जम्मा ४६० जनाको सहभागिता रहेको थियो। निर्वाचन अधिकारी लामिछानेले सहभागीहरूलाई मतदान प्रक्रियाको कानुनी र व्यावहारिक पक्ष, केन्द्र व्यवस्थापन तथा संवेदनशील मतदान केन्द्रमा अपनाउनुपर्ने रणनीतिका बारेमा प्रशिक्षित गरिएको बताए । यसैगरी, बिहीबार नै विद्यालयको चौरमा नमूना मतदान अभ्यास पनि गराइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। उक्त प्रयोगात्मक अभ्यासका क्रममा मतदाता नामावली रुजु गर्नेदेखि मतपत्र पट्याउने, गोप्य मतदान गर्ने र सुरक्षा व्यवस्थापन गर्नेसम्मका सम्पूर्ण व्यावहारिक तरिकाहरू सिकाइएको निर्वाचन अधिकारी लामिछानेले जानकारी दिए।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...









